
Jns
Rgp
Asb
Dbs
ksb
Pbu
Ggp
Lnp
Rgp
lnp
Usb
Ggp
Lks
Rgp
Rgp
Dus
Sgp


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिवराज अस्पताल बहादुरगञ्जको अनुगमन तथा सरोकारवाला पक्षसंग बुधबार अज छलफल गरेका छन् ।
अस्पतालले दिदै आएको उपचार सेवा र भर्ना भएका बिरामीहरुलाई भेट गर्दै सेवा सुविधाबारे जानकारी लिएका हुन् । अस्पतालको भौतिक पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन लगायतका क्षेत्र सुधार गर्नुपर्ने, उपचार सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न तर्फ ध्यान दिनुपर्ने बताए । ‘उपचार सेलालाई प्रभावकारी बनाउनुपर्छ । भौतिक पूर्वाधार सुधार र जनशक्ति व्यवस्थापनको काम समन्वयको आधारमा हुनेछन’मुख्यमन्त्री आचार्यले भने ,‘अस्पतालले दिने उपचार सेवालाई प्रभावकारी बनाउन,आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले आगामी बर्षको बजेटमा सम्वोधन गर्ने कोशिस गर्छ ।’अस्पतालमा उपचार सेवा प्रभावकारी हुदै गएको,दैनिक उपचारमा आउने विरामीको संख्या बढ्दै गएको जानकारी अस्पतालको तर्फबाट दिइएको छ ।
त्यस्तै १५ वेडको अस्पताल भएपनि बिरामीको चाप बढेकाले अहिले २५ वेडको सुविधा प्रदान गरिएको छ । बहिरङ्ग सेवाकालागि दैनिक एक सय ५० देखी दुई सय जना बिरामी आउने गरेका छन् । करिब ३० जना बिरामी भर्ना गरेर उपचार सेवा प्रदान गरिएको अस्पतालका डा.विनोद बढैले जानकारी दिए । ‘बिरामीको चाप बढ्दो छ । यो अस्पताललाई प्रदेश मातहतमा लैजाँदा सेवा सुविधा प्रदान गर्न थप सहज हुने थियो’डाक्टर बढैले भने ,‘अस्पतालले प्रदान गर्ने सेवा सुविधा थप गर्ने र सबैको पहुँचमा पुर्याउनेगरी भूमिका बढाएका छौं ।’ अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी लगायत स्थानीय सरोकारवाला पक्षसंग मुख्यमन्त्री आचार्यले छलफल समेत गरेका थिए ।
