
Rgp
Sgr
pku
Lnp
Ggp
Srbpu
Rgp1
Unsku
Pbu

nsb
Ssm
Vor
Ksm
Sls
Tsm
Rsb
Sbs
Asm
Rgu
Rgs
Ggd
Pvg
Bbu
Gst
Wsp
Rgu
Bbbpu
Hal

bbt
Mks
Rmb
Ptm
Pls
Gsb
Bml
Jmb
Rpp
Jmb
Syp
sab
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेश सरकारका सबै मन्त्रालयहरूमा स्थानीय कच्चापदार्थद्वारा उत्पादित नेपाली हाते कागज अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका छन् ।
आइतबार मुख्यमन्त्री कार्यालयमै पुगेर अध्यक्ष विष्टले वडा नं. ४ पिपरखुटीमा स्थापना भएको नेपाली हाते कागज उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न यस्तो आग्रह गरेका हुन् । अध्यक्ष विष्टले नेपाली कागज उद्योगले स्थानीय बावियो (खर) र लोक्ताको उपयोग गरेर वातावरणमैत्री उत्पादन गरिरहेको बताउँदै स्वदेशी उत्पादनलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । “यसले स्थानीय उद्यमशीलता, रोजगारी सिर्जना र वातावरण संरक्षणमा सहयोग पुग्छ,” उनले भने ।
त्यस्तै मुख्यमन्त्री आचार्यले नेपाली कागज जस्ता स्वदेशी र वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । साथै मुख्यमन्त्री आचार्यले स्थानीय उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै यसबारे आवश्यक पहल गर्ने आश्वासन दिए ।
राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरखुटीमा उद्योगी डम्बरबहादुर जिसीले स्थापना गरेको नेपाली हाते कागज उद्योगमा हाल २० जना स्थानीयवासीले रोजगारी पाएका छन् । पालिकाले उद्योगको स्तरवृद्धिका लागि विभिन्न उपकरण र सहजीकरणमा निरन्तर सहयोग गर्दै आएको छ।
उद्योगले उत्पादन गरेको नेपाली हाते कागजलाई स्वदेशी बजारमा प्रवर्द्धन गर्ने र सरकारी निकायहरूमा प्रयोग गराउने लक्ष्य रहेको अध्यक्ष विष्टले जानकारी दिए । साे अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र उद्योगी डम्बरबहादुर जिसीकाे समेत उपस्थिति रहेको थियोे ।
