
Csbg-7
Msbg-2
Gsbr-6
Rksr-7
ksbl-7
Jsbg-7
Gsbg-3
Usbl-7
Jsbr-3
Pbu


दाङ । राप्ती गाउँपालिका दाङकाे साझेदारी संस्था नामसालिङ सामुदायिक विकास केन्द्रकाे पालिका स्तरीय समन्वयात्मक बैठक मंगलबार मसुरीयामा सम्पन्न भएको छ ।
विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाकाे विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।
सो अवसरमा नामसालिङ सामुदायिक विकास केन्द्रका कृषि अधिकृत तथा कार्यक्रम संयोजक सशांक आचार्यले परियोजनाका उद्देश्य, कार्य क्षेत्र र त्यसले समुदायमा पुर्याउने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए ।
उक्त बैठकमा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रका विपन्न नागरिकको आर्थिक जीवनस्तर उकास्न नामसालिङले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले भने, “स्थानीय स्तरमा कृषि, पोषण, आयआर्जन र जलवायु अनुकूलनजस्ता कार्यक्रमले दिगो विकासमा टेवा पुर्याइरहेको छ । राप्ती गाउँपालिका र नामसालिङ संस्था बीचको सहकार्यले भविष्यमा थप सकारात्मक परिणाम ल्याउनेछ। गाउँपालिकाले हरेक सकारात्मक कार्यक्रमलाई निरन्तर सहयोग गर्दै अघि बढ्नेछ।”
त्यस्तै,बैठकमा पालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,स्वतन्त्र उर्जा विज्ञ मनोज खड्का लगायतले संस्थाले सञ्चालन गरेका विभिन्न परियोजनाको बारेमा आ-आफ्ना धारणा राख्दै आवश्यक सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरू, नामसालिङ सामुदायिक विकास केन्द्र इलामका टिम प्रमुख हिराकाजी घले, कृषि अधिकृत तथा कार्यक्रम संयोजक सशांक आचार्य, फिल्ड संयोजक धर्म यादव लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुशासन संयोजक बिनोद निरौलाले गरेका थिए ।
वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले २०७४ सालदेखि दाङको राप्ती गाउँपालिकामा एकीकृत सामुदायिक विकास परियोजनामार्फत कृषि, पोषण, आयआर्जन, जलवायु अनुकूलन र सुशासनका क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका कृषि अधिकृत तथा कार्यक्रम संयोजक सशांक आचार्यका अनुसार परियोजनाले समुदायलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउँदै अघि बढ्न सहयोग पुर्याइरहेको छ।
