दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरको जिम्मेवारीमा प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले आइतबारदेखि औपचारिक रुपमा सम्हालेका छन् । फेरि भेटौला कार्यक्रमको आयोजना गरेर डिआइजी कुवेर कडायतले कार्कीलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
डिआइजी कुवेर कडायतको नेपाल प्रहरी प्रधान कार्यालय,महानिरीक्षकको सचिवालय नक्साल काठमाडौंमा सरुवा भएपछि रिक्त स्थानमा कार्कीलाई पठाइएको हो ।
गत मंसिर २७ गतेको गृहमन्त्रालय (मन्त्री स्तरीय) सरुवा गर्ने निर्णय अनुसार प्रहरी नायब महानिरीक्षक कार्कीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको थियो । डिआइजी कार्कीलाई यसअघि केन्द्रिय प्रहरी कार्यालयको प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।