Sidha Patra सोमबार, पुष ०१, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ कुना खेतमा एक पुरुष मृत भेटिएका छन् ।

परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला हेर्न गएका रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ का ४७ वर्षिय लिलाबहादुर घर्ती सोमबार दिउँसो मृत भेटएका हुन । कुनाखेत मेला लाग्ने स्थानदेखि नजिकै सानीभेरी नदी किनारामा घर्तीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।

त्यस्तै कुनाखेतमा बिहिबारदेखि संचालन भएको मेला आज सकिँदै छ । सोही मेला हेर्न गएका घर्तीको सोमबार दिउँसो शव फेला परेको हो । शव फेला पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पाठक सहितको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

यस्तै घर्तीको शव कुनाखेत नजिकै सानीभेरी नदी किनाराको भिरालो ठाउँमा भेटिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेकाले अनुसान्धान पछि थप खुल्ने प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]