तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, मंसिर ३०, २०८१

दाङ । देउखुरीको,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै वातावरणीय सुधारको अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन् ।

आईतबार एक पालिकावासीको मलामीमा सहभागी भई प्लास्टिकजन्य फोहोरको सरसफाइ गर्दै अध्यक्ष विष्टले भने, “हामी मलामी जाँदा आफन्तलाई अन्तिम बिदाइ दिन्छौं, तर त्यही यात्राबाट समाजलाई केहि योगदान दिन सक्यौं भने त्यो हाम्रो दायित्व पूरा गरेको ठहर्छ।”

अध्यक्ष विष्टले मलामी यात्राका क्रममा जम्मा हुने प्लास्टिकजन्य फोहोर संकलन गर्ने कार्यलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने बताए । उनले थपे, “यो अभियान केवल सरसफाइको काम मात्रै होइन, यो वातावरणीय चेतनाको सन्देश पनि हो। हाम्रो पालिकालाई स्वच्छ, हराभरा र समृद्ध बनाउन सबैको रचनात्मक सहयोग आवश्यक छ।”

त्यस्तै अध्यक्ष विष्टले साना-तिना प्रयासले समाजमा ठूला र सकारात्मक परिवर्तन ल्याउन सकिने बताउदै यस प्रकारका कार्यले स्थानीय स्तरमा वातावरणीय सुधार र स्वच्छता कायम गर्नुका साथै जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]