
Usbl-7
Gsbg-3
Csbg-7
Rksr-7
ksbl-7
Gsbr-6
Jsbg-7
Pbu
Jsbr-3
Msbg-2


अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको नेतृत्व चयन गर्न यहि मङ्सिर २८ गते सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति गठन गरिएको छ । निर्वाचन प्रक्रियाबाट अध्यक्षमा गणेश खनाल निर्वाचित भएका छन् ।
अध्यक्षका निकटतम प्रतिद्वन्द्वी अशोक खनाललाई १९ मत अन्तरले पराजित गर्दै गणेश अध्यक्षमा निर्वाचित भएका हुन् । शुक्रवार सकिएको मतगणना अनुसार प्रेस युनियन नेपाल अर्घाखाँची , प्रेस चौतारी अर्घाखाँची सहितको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका गणेश खनालले ३३ मत प्राप्त गरेका थिए ।
कुल ५७ मतदाता मध्ये ४७ मत खसेको थियो प्रेस युनियन नेपाल अर्घाखाँचीको तर्फबाट सागर महतले अधिक ३४ मत प्राप्त गरि सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचनको प्रक्रियामा जिल्लाका पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो । समावेशी र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न निर्वाचनले लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूमा उपाध्यक्ष रुद्रमणी भुसाल,महिला उपाध्यक्ष अम्बिका श्रेष्ठ,सचिव लक्षमण घिमिरे,सह-सचिव घनश्याम पौडेल,कोषाध्यक्ष नवीन केसी,कमला पोख्रेल,सागर परिवार मधु कुमार श्रेष्ठ र सदस्यहरु अमृत श्रेष्ठ, नवीन पन्थी,नारायण पोख्रेल,विष्णु खनाल र सागर महत लगायतको समूह बिजयी भएको निर्वाचन अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए ।
निर्वाचित टिमलाई आज प्रमाण पत्र बितरण पद तथा गाेपनीयताकाे शपथग्रहण लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यबाट गरिने बुझिएको छ । जिल्ला स्थित पत्रकार शुभचिन्तक, र विभिन्न क्षेत्रका व्यक्तिहरूले बधाई दिएका छन्। उनीहरूको कार्यकाल सफल हुने र जिल्लाको पत्रकारिता क्षेत्रको विकासमा थप योगदान पुग्ने विश्वास गरिएको छ ।
त्यस्तै यो नेतृत्वले जिल्लाको सञ्चारक्षेत्रलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पत्रकारिताको गरिमा बढाउँदै सशक्त र जिम्मेवार सञ्चार प्रणाली स्थापना गर्न उनीहरूको कार्यकाल महत्त्वपूर्ण बन्नेछ ।
