
Usb
Asb
Sgp
Dus
Dbs
Ggp
Rgp
Ggp
Jns
Lnp
Rgp
ksb
Rgp
Lks
Rgp
lnp


दाङ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व भौतिक मन्त्री इन्द्रजित थारुको विशेष पहलमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरुवा र वडा नम्बर ६ पत्थरगढवा जोड्ने दाेलाई खोलामा पक्की पुलको निर्माण कार्य सुरु भएको छ ।
प्रदेश सरकारको ९ करोड ३१ लाख ८४ हजार ६ सय २८ रुपैयाँ लागतमा पुल निर्माणको काम अघि बढाइएको हो । बहुवर्षीय ठेक्काका रूपमा राज निर्माण सेवा प्रा.लि. माडी रोल्पाले उक्त पुल निर्माणको जिम्मा लिएको छ । निर्माण कम्पनीले सम्झौता भएको मितिबाट दुई वर्ष भित्र पुल सम्पन्न गरिने जानकारी दिएको छ।
लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले पुल निर्माणका लागि आफूले बहुवर्षीय बजेट विनियोजन गरेको बताउँदै त्यसको कार्यान्वयनका लागि निरन्तर रुपमा अनुगमन गरिरहेको बताए । “मन्त्री हुँदा पुल निर्माणका लागि टेन्डर खोलिएको थियो। अहिले सांसद हुँदा पनि बजेटको व्यवस्था गर्दै निर्माण कार्यलाई अघि बढाउन भूमिका निर्वाह गरिरहेको छु,” थारुले भने ।
यस अघि पुल नहुँदा वर्षादको समयमा दाेलाई खोलामा पानीको बहाव बढ्दा स्थानीयबासीलाई आवतजावतमा ठूलो समस्या हुने गरेको थियो। अब पक्की पुल निर्माण भएपछि वडा नम्बर ५ र ६ सँगै त्यस आसपासका वडाका बासिन्दाहरुलाई यातायातमा सहज हुने र दैनिक जीवनमा पर्ने कठिनाइ हट्ने अपेक्षा गरिएको छ ।
