
Fmb
Ssb
Bsn
jsb
Ksb
Ksb
Ssb
Nsb
Gsb
Rks
Usb
Tgp
Rsb
Ppu
Ksb
Csb

Tsb
Hl1
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी हमाल पक्राउ परेका छन् ।
सुर्खेत लेकबेशी नगरपालिका वडा नम्बर –४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–६ कटुन्जे बस्ने २० वर्षीय प्रज्वल हमाललाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै ललितपुर जिल्ला अदालतबाट गत साउन २९ गते ठगी सम्बन्धी कसूर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर कटुन्जेबाट पक्राउ गरेको हो ।
साथै उनी उपर वैदेशिक रोजगार न्यायाधीकरणबाट वैदेशिक रोजगार सम्बन्धी कसूरमा समेत पक्राउ अनुमति जारी भई फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएकोप्रहरीले जनाएको छ ।
