Sidha Patra बिहिबार, मंसिर २७, २०८१

काठमाडौं । फरकफरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जना मानिसको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका वडा -३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु भएको छ ।

स्थानीय कालीमाटीबाट करूवातर्फ जाँदै गरेको ग.३ च ९८४५ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ करूवा बस्ने ३२ वर्षीय ईन्द्रजित थापा समेत ५ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नगर अस्पताल दल्लीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यसैगरी कास्कीको पोखरा महानगरपालिका-८ नागढुङ्गास्थित सडकमा ग.१ ख ३७५४ नम्बरको बस र बा.प्र.०४४ प ८७२३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा स्कुटर चालक सुनसरी धरान उपमहानगरपालिका-२० घर भई कास्की पोखरा महानगरपालिका वडा नम्बर -११ फुलबारी बस्ने ३१ वर्षीय प्रदिप राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर -४ भाल्चेबेशीस्थित सडकमा पनि बा.प्र.०१-००३ क ७१८७ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-४ बस्ने ४८ वर्षीय टासी घलेको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]