प्रिया स्मृती गजमेर/लमही सोमबार, मंसिर २४, २०८१

दाङ । सिटिजन बैंक लमहीद्वारा प्राप्त भएका विद्यालय पोशाक बालबालिकालाई प्रदान गरिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लमही शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लमही नगरपालिका – ९ स्थित रहेको प्राथमिक विद्यालय भ्युसनपुरमा अध्ययनरत त्रिचालिस जना बालबालिकालाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । युवा व्यवसायी कृष्ण थापाको समन्वयमा ति पोशाक उपलब्ध भएको हो ।

पोशाक हस्तान्तरण गर्दै लमही शाखा प्रमुख दशरथ गिरीले बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरुलाई सहयोग प्रदान गर्न पाउँदा सांकेतिक रुपमा समाज प्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक,आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको लमही शाखा प्रमुख गिरीको भनाई छ ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका -९ का वडा अध्यक्ष भेष बहादुर केसीले समाजको विकास र समाज निर्माणमा निजि क्षेत्रको पनि अतुलनिय भूमिका रहने बताए । देशमा संघीय प्रणाली लागु भएपछी सरकारी बैंक पुग्न नसकेका ग्रामिण भेग र बस्तीमा निजि बैंकहरुको उपस्थिति अत्यन्तै स्रहानिय भएको वडा अध्यक्ष केसीको भनाई छ । सामाजिक संघ / संस्थाहरुलाई शहर केन्द्रीत नभएर दूरदराजका क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । विद्यालयको सर्वाङ्गिन विकासका लागि वडा कार्यालय हमेसा तयार रहेको उनको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रिया स्मृती गजमेरको अध्यक्षता, लमही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यता तथा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लमही शाखा प्रमुख दशरथ गिरीको विशिष्ट आतिथ्यतामा पोशाक वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक ज्ञानु चौधरीले गरेका थिए भने विद्यालयका प्रधानाध्यापक ओम प्रकास बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

यो विद्यालय दाङ जिल्लाकै अत्यन्तै विकट स्थानमा अवस्थित रहेको छ । यहाँ दलित, कुमाल र बोटे समुदायका बालबालिकाले अध्ययन गर्दै आएका छन । उनीहरुको घरको अवस्था अत्यन्तै दयनिय र कम्जोर रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]