काठमाडौं । धादिङमा भारतीय ग्यास बुलेट दुर्घटना हुँदा बेपत्ता भएका चालक र सहचालकको खोजीमा गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको छ ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर -५ कृष्णभिरस्थित पृथ्वीलोकमार्गमा एनएल-०२ एल-३९०७ नम्बरको भारतीय ग्याँस बुलेट आज विहान दुर्घटनामा परेको थियाे । चितवनबाट काठमाडाैंतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशुली नदिमा खसेको हो ।
त्यस्तै दुर्घटनामा चालक र सहचालक बेपत्ता भएका छन् । उनीहरूकाे खाेजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् ब्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङ्गको कमाण्डमा गोताखोर सहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको छ ।