
Csbg-7
Msbg-2
Gsbg-3
Pbu
Rksr-7
Usbl-7
Jsbg-7
Jsbr-3
ksbl-7
Gsbr-6


दाङ । नाका स्तरीय खेलकुद महोत्सव शुक्रबार सम्पन्न भएको छ ।
राजपुर गाउँपालिकाको आर्थिक सहयोग तथा नाका स्तरीय खेलकुद समाजको आयोजनामा बुधबारदेखि राजपुरको पटौली नाकामा सुरु भएको पुरुष भलिबल प्रतियोगितामा राजपुर -७ भौवाको शिव शक्ति माध्यमिक विद्यालय प्रथम भएको छ ।
त्यस्तै द्वितीय स्थानमा राजपुर -७ सुनपथरी नाकाको युगबोध आधारभूत विद्यालय र तृतीय राजपुर -७ भैसाही नाकाको गौरी शंकर माध्यमिक विद्यालय बिजेता भएको भलिबल खेलका प्रादेशिक रेफ्री एवं दाङ जिल्ला भलिबल संघका उपाध्यक्ष तथा उक्त महोत्सवको भलिबल खेलका प्रमुख रेफ्री भरत कँवरले जानकारी दिए । खेललाई बेस्ट अफ फाइभको आधारमा खेलाइएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भौवाका जर्सी नं. १ का रमेश सार्की भएका छन् ।
यस्तै महिला भलिबल प्रतियोगिता खेलमा प्रथम भौवा नाका भएको छ भने द्वितीय भैसाही नाका र तृतीय राजपुर -६ खाङ्ग्रा नाकाको बालकल्याण माध्यमिक विद्यालय बिजेता हासिल गरेको छ । खेल बेस्ट थ्रीको आधारमा खेलाइएको थियो । सो प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भौवाका जर्सी नं. १ कि सृष्टि खत्री भएकि छिन् ।
महोत्सवमा कबडी,दौड,लगायतको विभिन्न खेलहरु खेलाइएको थियो । यस्तै महोत्सवमा सांस्कृतिक कार्यक्रमहरु संचालन गरिएको आयोजकले जनाएको छ । त्यस्तै नाका स्तरीय खेलकुद महोत्सव आगामी २०८२ सालका लागि कुन विद्यालयमा संचालन गर्ने भन्ने विषयमा टुंगो नलागेको हुँदा केहि दिन भित्र समिक्षा बैठक बसेर टुंगो लगाइने नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)ले जानकारी दिए ।
