
Pbu
Msbg-2
ksbl-7
Jsbg-7
Rksr-7
Usbl-7
Gsbr-6
Jsbr-3
Gsbg-3
Csbg-7


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । हाल साइबर अपराध मुद्दामा प्रसाईंलाई थुनामा राखी साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै प्रसाईंका सहयोगी झापाका हरिचन्द्र फुयाँललाई थुनामा राखेर सिआइबीले आपराधिक लाभ मुद्दामा छुट्टै अनुसन्धान गरिरहेको छ । फुयाँलले भारतीय नम्बरबाट व्यवसायी तथा राष्ट्र बैंकका कर्मचारीलाई धम्क्याएका थिए । नेपाल राष्ट्र बैंकबाट समेत सो विषयमा जाहेरी आएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।
प्रसाईंकै निर्देशनमा व्यवसायी तथा राष्ट्र बैंकका अधिकारीलाई फोन गराएर धम्क्याएको अनुसन्धानमा देखिएको छ । प्रहरीले आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा पनि प्रसाईं र उनका सहयोगीमाथि अनुसन्धान अघि बढाएको छ । भारतका गुन्डानाइके लरेन्स विश्नोईको नाम लिएरसमेत व्यवसायीलाई धम्क्याउँदै पैसा मागिएको प्रहरीले जनाएको छ ।
यस्तै प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भनेर नक्कली कागजपत्र सार्वजनिक गरेको भन्दै गत ३ मंसिरमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । साइबर अपराध मुद्दा सकिएपछि उनलाई सिआइबी लैजाने तयारी गरेको छ ।
