
Ksb
Ssb
Ksb
Ksb
Rsb
jsb
Nsb
Gsb
Tgp
Usb
Fmb
Ppu
Csb
Rks
Bsn
Ssb

Hl1
Usb
Gsb
Tsb
Ssb

Rgu
ptl
Nps
कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरले लागु औषध विरूद्ध अक्रमक बन्दै लागु औषधको जालो तोड्न प्रहरी निरीक्षक सुरज खत्री लागि परेका छन् ।
कार्यालयमा प्रमुखको रूपमा प्रहरी निरीक्षक खत्री आएदेखिनै लागु औषध सेवनकर्ता तथा कारोबारी हरूलाई तह लगाउने योजना सहित अगाडि बढ्दै आएदेखि लगभग दर्जनौ लागु औषध मुद्दामा व्यक्तिहरू पक्राउ गरि मुद्दा चलाएका छन्।
प्रहरी निरीक्षक खत्री इलाका प्रहरी कार्यालय कृष्णनगर आएदेखि ठूलो मात्रामा लागु औषधको ट्याबलेट,चरेस,ब्राउन सुगर लगायतको कारोबारी तथा सेवनकर्ता हरूको संजाल तोड्न हरेक सम्भव प्रयास गरि लागु औषध मुक्त समाज निर्माण गर्ने अभियान संचालन गर्दै आएको समाजसेवीहरू बताउ छन् ।
सोही क्रममा मंगलवार बेलुका ९ :३० बजेको समयमा कृष्णनगर नगरपालिका वडा नम्बर ३ हनुमानढीबाट इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद रूपमा पैदल हिड्दै गरेका कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर २ झण्डेनगर १९ बर्षिय सिक्नदर चौहानलाई रीत पूर्वक निजको शरीर तथा निजले बोकेको पलास्टिकको बोरा खान तलासी गर्दा निजले बोकेको पलास्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड आइ. पी. ५० एमजी लेखिएको लागु औषध छ सय पचास (६५०) पत्ता प्रति पत्ता बीस (२०) क्यापसुलका दरले जम्मा १३,०००-/ तेर्हा हजार वटा क्यापसुल नारजो कम्पनीको मोबाइल एक थान सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
साथै पक्राउ गरिएको व्यक्तिलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।
