
Unsku
Pes
pku
cjs
Lnp
Rgp
sbs
Rgp1
Gfs
Ggp
Srbpu
Sgr
Djs
Pbu

Rgs
Bbbpu
nsb
Pvg
Sbs
Ksm
Hal
Tsm
Wsp
Ssm
Gst
Bbu
Rgu
Rgu
Asm
Rsb
Ggd
Vor
Sls

Jmb
Syp
Rpp
Ptm
Abd
Jmb
Mks
Bml
Pls
sab
Rmb
bbt
Gsb
बुटवल । सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार दिउँसो भैरहवा ल्याइएका पूर्व गृहमन्त्री रवि लामिछानेले सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिइएको हो । साँझ ६ बजे बयानको क्रम सकिएको छ । बुधबार (भोलि) पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले जनाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल सहित केही अनुसन्धान अधिकृत सामेल थिए । उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए ।
मंगलबार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधबार हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए । ‘आज सामान्य सोधपुछ भयो,’ उनले भने, ‘भोलिदेखि लिखित प्रश्न सोध्छौँ ।’ रवि लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालय भैरहवामै राखिएको छ ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछाने विरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन् । सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएका छन् ।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार बयानमा रवि लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशन समेत नदिएको जिकिर गरेका छन् । गोरखा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीबाट उक्त मिडियामा गएको रकमका विषयमा उनीसँग सामान्य सोधपुछ भएको बताइएको छ ।
त्यस्तै सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम सहकारीको खाताबाट गोरखा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको उल्लेख छ । उक्त रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको उल्लेख छ । यससँगै रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
समर्थक र सहकारी पीडित सडकमा
रवि लामिछानेलाई भैरहवा ल्याएपछि सडकमा उनका समर्थकले विरोध प्रदर्शन गरे भने सहकारी पीडितले पनि सहकारी ठगीबाट निष्पक्ष छानबिन र अनुसन्धानका लागि दबाब दिँदै प्रदर्शन गरेका छन् । मंगलबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा रवि लामिछानेलाई ल्याउनासाथ समर्थकहरू नाराबाजीमा उत्रिए । उनीहरूले लामिछानेलाई ठुला दलहरूले फसाएको आरोप लगाए ।
अर्कोतिर बुटवलको सुप्रिम सहकारीका पीडितहरूले आफ्नो रकम फिर्ता गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने भन्दै भैरहवामा दबाबमूलक प्रदर्शन गरेका छन् । सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बुधबार पनि आफूहरूको प्रदर्शन जारी रहने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले कोणसभा गर्दै रवि लामिछानेलाई फसाउने उद्देश्यले विभिन्न मुद्दा लगाइएको आरोप लगाए । उनीहरूले सहकारीभन्दा ठुलो मानव बेचबिखन, बालुवाटार जग्गा, सुन प्रकरणमा छानबिन तथा कारबाही अघि बढाउन सरकारले चासो नदेखाएको आरोपसमेत लगाए ।
त्यस्तै रास्वपाका दीपक बाेहाेरा, जेपी गुप्ता, प्रमोद न्यौपाने लगायतले कोणसभालाई सम्बोधन गरेका थिए । रास्वपाका नेता तथा कार्यकर्ताले बुधबार पनि विरोध प्रदर्शन जारी रहने जनाएका छन् । रवि लामिछानेलाई सहकारीको रकम ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न कास्कीबाट प्रहरीले रुपन्देही ल्याएको हो ।रातोपाटी
