तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, कार्तिक २६, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले यात्रु र स्थानीयका लागि नि:शुल्क घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ।एशियाली विकास बैंक र जापान फण्ड फर प्राेवर्टी रिडक्सन (जेएफपीआर)को अनुदान सहयोगमा खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागले मझौला र साना सहरहरूमा खानेपानी,सरसफाइ,स्वच्छता र स्वास्थ्य पहल मार्फत कोभिड-१९ रोकथाम तथा नियन्त्रण आयोजना मार्फत उपलब्ध साे शौचालय सञ्चालनमा ल्याइएको हाे ।

त्यस्तै उपलब्ध दुई घुम्ती शौचालयमध्ये एउटा वडा नम्बर २ को लालमटियामा सञ्चालन गरिएको छ भने अर्को शौचालयलाई मेला,महोत्सव र विशेष कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ । उक्त शाैचालयमा एउटा अपाङ्ग मैत्री शाैचालय सहित ५ वटा शाैचालय रहेको छ । लालमटियामा सञ्चालनमा आएको शौचालयको व्यवस्थापन लालमटिया बजार व्यवस्थापन समितिले गर्ने छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शौचालय सुविधा नभएका स्थानहरूमा घुम्ती शौचालयको व्यवस्था गरिँदा यात्रु र स्थानीय बासिन्दालाई सहज हुने विश्वास व्यक्त गरे । उनले यसले स्थानीयको स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]