
Ppu
jsb
Usb
Fmb
Bsn
Tgp
Nsb
Gsb
Rsb
Rks
Ksb
Csb
Ksb
Ssb
Ksb
Ssb

Usb
Tsb
Ssb
Hl1
Gsb

Nps
ptl
Rgu
दाङ । गढवा गाउँपालिका वडा नम्बर -६ मनिकापुरका महिलाहरुले भैलो खेलेर संकलन भएको रकमबाट क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
मनिकापुर गाउँका धनबहादुर घर्ती मगरको श्रीमती ४६ वर्षीय ओम कुमारी घर्ती मगर विगत २ वर्षदेखि पाठेघरको क्यान्सर पीडित भइ निरन्तर उपचारत रहेकी छिन् । उनको उपचारमा केहि सहज होस् भनि मनिकापुरमा रहेका महिलाहरुले तिहारमा भैलो खेलेर संकलन भएको रकमबाट शुक्रबार क्यान्सर पीडित घर्तीको घरमै पुगेर नगद १७ हजार,६ सय ८० रुपैयाँ प्रदान गरेका हुन् ।
पाठेघर जस्तो संवेदनशील अंगमा क्यान्सर पीडित भइ उपचार रहेकी घर्तीको समस्या देखेर पुर्व राष्ट्रिय सभा सदस्य मिना बुढा मगरको अगुवाइमा दिलु बि.क.,धन कुमारी परियार,मिना घर्ती,निशा पुन,शिला पुन,पुष्प ओलि,लक्ष्मी पुन,मनसरी बि.क.,जया थापा,हिमाल घर्ती,मोहन,उषा श्रेष्ठ लगायतको टिमले प्रदान गरेका थिए ।
त्यस्तै क्यान्सर पीडित ओम कुमारीले आफ्नो उपचारमा देश तथा विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी र सरोकारवाला निकाय सम्पूर्णलाई सहयोग गर्न आग्रह गरेकी छिन् ।
