
sbs
Ggp
cjs
Unsku
pku
Gfs
Sgr
Pes
Djs
Rgp1
Rgp
Srbpu
Lnp
Pbu

Pvg
Gst
Rgs
Asm
Sbs
Ssm
Wsp
Ksm
Hal
Ggd
Vor
Rgu
Rgu
Bbu
Tsm
nsb
Rsb
Sls
Bbbpu

Jmb
Abd
Ptm
Syp
Pls
Rmb
bbt
Jmb
Rpp
Mks
Gsb
sab
Bml
काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आगामी कार्तिक २४ गतेका लागि बोलाएको छ । स्थानीय उपनिर्वाचनको तयारी र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
त्यस्तै उनका अनुसार कात्तिक २४ गते शनिवार बस्नेगरी सचिवालय बैठक बोलाइएको हो । ‘कात्तिक २४ गते सचिवालय बैठक बोलाइएको छ । बैठकले उपनिर्वाचन तयारीको विश्लेषण सहित मातहतका पार्टी कमिटीहरूलाई आवश्यक निर्देशन दिन्छ’, गौतमले भने । एमालेले कात्तिक २२ भित्र उपनिर्वाचन हुने स्थानमा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिइसकेको छ ।
यस्तै मेयर, उपमेयर, अध्यक्ष,उपाध्यक्ष र महानगरको वडाध्यक्षका उम्मेदवार प्रदेश र नगरपालिका र गाउँपालिकाका वडाध्यक्षका उम्मेदवार जिल्ला कमिटीलाई छनोट गर्ने अख्तियारी दिएको छ । निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
