Sidha Patra मंगलबार, कार्तिक २०, २०८१

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ३ स्थित भञ्ज्याङगाउँमा लोहोरो प्रहार गरी छोराले आफ्नो आमाको हत्या गरेका छन् ।

यहीँ कात्तिक १६ गते अपराह्न ४:१५ बजेको समयमा ६९ वर्षीया माईली लामालाई उनकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामाले सिलौटाको लोहोरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । आमाको हत्या गर्ने अभियुक्त लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

त्यस्तै फुर्साङले आमाको हत्या गरी आमाले कानमा लगाएको सुनको रिङ र साथमा रहेको नगद समेत लिई घटनास्थलबाट फरार भएका थिए । फरार रहेका फुर्साङलाई जिल्ला प्रहरी कार्यालयल काभ्रेले कार्त्तिक १८ गते पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले बताइन् ।

यस्तै पक्राउ परेका फुर्साङलाई मंगलबार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]