
Sgr
Pbu
sbs
Pes
Lnp
pku
Rgp1
Unsku
cjs
Srbpu
Djs
Ggp
Rgp
Gfs

Pvg
Vor
Sbs
Rgu
Asm
Rsb
Gst
Tsm
Bbbpu
Ggd
Hal
Ksm
Rgs
Bbu
Ssm
Wsp
Sls
Rgu
nsb

Abd
Gsb
Pls
Mks
Jmb
Bml
Ptm
Rmb
Rpp
bbt
sab
Syp
Jmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणका लागि जाने भएका छन् ।
चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य सहित ७ सदस्यीय प्रतिनिधिमण्डल जान लागेका हुन् ।
मंगलबार आज बसेको लुम्बिनी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
त्यस्तै सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११-१३ (कात्तिक २६-२८) मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहितको टोली जान लागेको हो । यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको मुख्यमन्त्री आचार्यले बताए ।
भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत छलफल हुने उनले बताए । २०७६ सालमा लुम्बिनी र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । त्यतिबेला कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।
