
ksb
Rgp
Rgp
Ggp
Pbu
Rgp
Asb
Ggp
Jns
Lks
Dbs
lnp
Lnp
Dus
Rgp
Sgp
Usb


कपिलवस्तु । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्व प्रकाश अर्यालले तिहारलाई सभ्य र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजित शुभदिपावली,छठ पर्वको शुभकामना आदानप्रदान तथा मूल मूर्ति विसर्जन समितिको छलफल कार्यक्रममा बोल्दै उनले तिहारमा अनावश्यक अतिशबाजी नगर्न र पटका जस्ता पदार्थ नपडकाउन अनुरोध गरे । प्रजिअ अर्यालले भने,यसैगरी “कपिलवस्तुमा सामाजिक सद्भाव कायम गर्न सबैले हातेमालो गर्नु पर्छ ।” उनले तिहार पर्वले आपसी मेलमिलाप र भाइचारा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरवासीलाई धन्यवाद दिंदै आपसी सद्भाव र सहकार्यमा ध्यान दिन आग्रह गरे । तिहारको अवसरमा सबैले सभ्य तरिकाले मुर्ती विसर्जन गर्न नगर प्रमुख शाहले अनुरोध गरे ।
कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्ता भट्टले तिहार पर्वको सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिए । उनले भने “सबैले कानुनको पालना गर्दै सभ्य र सुरक्षित पर्व मनाउनु होला ।”
सशस्त्र प्रहरी उपरीक्षक रामजंग शाहले तिहार मेलमिलापको भएको बताए। सामाजिक सद्भाव र अनुशासनमा एकताबद्ध रहन अनुरोध गरे ।
सशस्त्र नायब उपरीक्षक भीम निधि खनालले सामाजिक सद्भावको सन्देश दिने पर्वमा अतिशबाजीको प्रयोगले असुरक्षा निम्त्याउन सक्छ, त्यसैले संयमित रहन सबैलाई आग्रह गरे ।
समाजसेवी भारत किसोर चौधरीले तिहार केवल एक पर्व होइन, यसले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँने भएकाले सभ्य रुपमा मनाउन अनुरोध गरे । कृष्णनगरमा मूर्ति विसर्जन १९ गते हुने इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए।
कार्यक्रममा जाबेद आलम खान,नारायण कानोडिया, वडा अध्यक्ष हरिपाल चतुर्बेदी,कृष्ण कुमार गुप्ता, सगिर अहमद खा,कृष्णनगर इलाका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, ट्राफिक प्रहरी नायब निरीक्षक चुडामणि पोख्रेल, समाजसेवी अशिष कौशल, वृजेश गुप्ता, राहुल मोदनवाल, नसरुल्लाह खान, अब्दुल अजिज जहिद, स्थानीय पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले शुभ दिपावली, छठ पर्वको शुभकामना दिएका थिए ।
