दाङ । लमही नगरपालिका – ८ सतबरियामा रहेको सिद्ध सचेतना महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष शर्मिला श्रेष्ठ (वाग्ले) ले नीलसागर सेवाआश्रमलाई खाद्यान्न तथा नगद रुपैयाँ प्रदान गरेर आफ्नो जन्म दिन मनाएकी छिन् ।
सतबरियामा रहेको मनकामना मेडिकल हलको ल्याब असिस्टेन्ट समेत रहेकी श्रेष्ठ (वाग्ले)ले राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको आश्रमका कार्यवाहक अध्यक्ष गरीबु चौधरीलाई ६० केजी चामल,१० केजी दाल र नगद २ हजार पाँच सय रुपैयाँ प्रदान गरेकी हुन् ।पछिल्लो समय हरेक मानिसहरुले आफ्नो जन्म दिनका अवसरमा महँगो होटेल तथा लजहरुमा पुगेर लाखौं खर्च गर्ने गरेको पाइन्छ । तर शर्मिलाले आश्रममा रहेका जेष्ठनागरिक बुवा-आमा तथा दिदीबिनीहरुलाई आश्रमद्वारा खुवाइने खानपिनमा केही सहज होस् भन्ने उदेश्यका साथ आफ्नो जन्म दिनको अवसरमा उक्त सामग्रीहरु प्रदान गरेको बताइन् ।
आज बिहान श्रीमान मनकामना मेडिकल हलका संचालक एवं डाक्टर कुलदीप वाग्ले,छोरा कुशल वाग्लेका साथ आश्रममा पुगेर खाद्यान्न र नगद प्रदान गरेका हुन् । वाग्ले परिवारले आफ्नो जन्म दिनका अवसरमा सधै आश्रमलाई खाद्यान्न तथा नगद प्रदान गरेर जन्म दिन मनाउदै आएका छन् ।