
Gfs
Unsku
Srbpu
sbs
Rgp
Pes
Lnp
Sgr
Ggp
pku
Rgp1
cjs
Pbu
Djs

Pvg
Ksm
Rgs
Ggd
Asm
Tsm
Wsp
Sls
Bbbpu
nsb
Vor
Rgu
Rsb
Rgu
Bbu
Ssm
Hal
Sbs
Gst

Pls
Syp
Ptm
sab
Mks
Rmb
bbt
Gsb
Rpp
Bml
Jmb
Abd
Jmb
जुम्ला । नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकारको नेतृत्व गरेको बेला सुरु गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ्ने बताएका छन् ।
माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिञ्जा कनकासुन्दरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो अभियान नरोकिने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले आफूले सरकारबाट सुरु गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढाउने बताए । ‘सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्धमा निकै ठुलो अभियान सुरु गरिएको छ’, उनले भने, ‘नेपालको इतिहासमा नै पहिलोपटक सबैभन्दा माथिल्लो तहमा रहेका नेता र कर्मचारीहरुविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने र हिरासतमा लिने प्रक्रिया सुरु भएको थियो, यो पहिलो रेकर्ड नै बनेको छ ।’
त्यस्तै भूमाफियाहरुले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने र जनतालाई कंगाल बनाउने प्रवृत्ति धेरै पहिलेदेखि हुर्कँदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले त्यस्ता भूमाफियाले कब्जा गरेर व्यक्तिका नाममा लगेको जग्गा पुनः राज्यका नाममा फिर्ता गराउने र उनीहरूलाई मुद्दा चलाउने काम गरेको स्मरण गरे । उनले सामाजिक न्यायको पक्षमा देशभित्र र विदेशमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्नेदेखि हजारौँ नागरिकता विहीनतालाई नागरिकता प्रदान गर्ने, वर्षौंदेखिको मिटरब्याजको समस्या कानुन बनाएर नै अन्त्य गर्ने लगायतका कामले जनतामा नयाँ उत्साह पैदा भएको बताए ।
यस्तै भौतिक पूर्वाधार निर्माणको सवालमा आफूले तिनैपटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण थालनी गरेको उनले बताए । पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्ग, उत्तरदक्षिण करिडोरको अवधारणा अघि सारेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेको र तेस्रोपटक प्रधानमन्त्री हुँदा भारतसँग दश वर्षमा दश हजार मेगावाट विद्युत् बिक्री लगायतका ऐतिहासिक समझदारीमा हस्ताक्षर गरेको बताए । रातोपाटी
