
Lks
Dbs
Rgp
Jns
Pbu
lnp
Usb
Dus
Rgp
Ggp
ksb
Sgp
Rgp
Rgp
Lnp
Asb
Ggp


डडेल्धुरा । डडेल्धुरामा भएको पवनदूत यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच जना पुगेको छ । घटनास्थलमा बुधबार बिहान ११ बजे थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । उनका अनुसार उनको शव बिहान ११ बजेतिर फेला परेको हो । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको भने यसअघि नै सनाखत भइसकेको छ।
त्यस्तै पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते बस चालक बिरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक बमले बताए। बस सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
