Sidha Patra आइतबार, आश्विन २७, २०८१

डडेल्धुरा । डडेल्धुरामा एक किशोरी हत्यामा संलग्न आरोपि भण्डारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न आरोपितलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

त्यस्तै प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो ।

यस्तै असोज २५ गते दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नआएपछि परिवारले खोजीकार्य गरेका थिए । त्यसपछि (शुक्रबार) प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेपछि उक्त शव आरतीको भएको खुलेको थियो । घटनास्थलबाट करिब २० मिटर पूर्वतर्फ नालामा फालेको अवस्थामा टेकबहादुर भण्डारीको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

त्यस्तै प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा उनले आरतिको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]