
Ppu
Gsbus
Ssbus
smb
gms
Asm
jmb
sks
Ddh
Sys
Rg-9
jms
Bpb
Rus

Ssb
Ln2
bml
Ln3
Tsb
Ln1
Hl1
Gg5
cks
bmj
Gsb
Sbs
Ln8
Dps
Ln9
Asm
Rys
Ln7
Gg1
Usb

Sab
Nps
Gg2
Sml
Gjl
Bpb
Rss
Gg6
Snk
Jab
ptl
Sbs
Rgu
Gg3
Gg4
Jpb
Ksb
रौतहट । कटहरिया बजारका स्थानीय राकेश गिरी माथि एक समूहले सांघातिक आक्रमण गरेको छ ।
त्यस्तै ३५ वर्षीय गिरी कटहरिया नगरपालिका भवन छेउको चिया पसलमा बसिरहेको क्रममा आईतवार बिहान ९ बजे वडा ८ पिप्रापोखरिया गाउँबाट दर्जनौँको सङ्ख्यामा आएका मानिसहरूले आक्रमण गरेका हुन् । उनीहरूले गिरी माथि सँगै ल्याएको बाँसको लाठी भाटा, दाउरा र डुङ्गा प्रहार गरेका थिए। गिरीलाई अन्धाधुन्ध कुटपिट गरिरहेको क्रममा छुट्याउन गाएकी चिया पसलकी साहुनीलाई समेत चोटपटक लागेको छ । सांघातिक आक्रमणबाट गिरीको टाउको लगायत शरीरको प्रायः सम्पूर्ण ठाउँमा गहिरो चोटपटक लागेको ईलाका प्रहरी कार्यालय कटहरियाका सई शिवशंकर शर्माले बताएका छन् ।
त्यसैगरी चिया पसल साउनी ६० बर्षिया प्रेमज्योति साहको शरीरको धेरै ठाउँमा गहिरो चोटपटक लागेको कारण सामान्य उपचार पछि दुवैजनालाई थप उपचारको लागि वीरगन्ज पठाईएको सई शर्माले जानकारी दिए । मोटरसाइकल,साईकल र पैदल आएका आक्रमणकारीहरु घटना पछि भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
डुमरिया गाउँका ७२ वर्षीय तेजिलाल यादव,३६ वर्षीय सिकिन्दर यादव र २८ वर्षीय परशुराम विक्रम साहलाई घटनास्थलको केही दूरीबाट पक्राउ गरिएको थियो । त्यस्तै तेजिलालको छोरा ३५ वर्षीय जितेन्द्र यादवलाई घटनास्थलबाट २ किलोमीटर टाढा कटहरिया गाउँ छेउको बाँसको रुख माथि चढेर लुकिबसेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । घटनापछि थप विवाद हुन नदिन कटहरिया बजारमा व्यापक रूपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिएका छन् ।
कटहरिया बजारमा दुर्गा पूजाको अवसरमा आयोजित मेलामा गएराति नाच भईरहेको थियो। सोही क्रममा पोखरीया गाउँका एकजना युवक मदिरा सेवन गरी पटकपटक नाचको स्टेजमा चढ्न खोज्दा त्यहाँ रहेका स्थानीय राकेश गिरी र अन्य केही युवाले सामान्य कुटपिट गरी भगाएको प्रत्यक्षदर्शी विनोद साहले बताएका छन् । सोही विषय लिएर पिप्रापोखरिया गाउँका दर्जनौँ मानिस राति नै आएर गिरीमाथि आक्रमण गर्न खोज्दा प्रहरीले उनीहरूलाई धपाएका थिए । आज बिहान गिरीमाथि पुनः आक्रमण भएको प्रहरीले जनाएको छ।
