दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ जनकपुरमा बिहीबार रात्रीकालिन दशै विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
श्री लक्ष्मी रिलेक युवा क्लबका अध्यक्ष सागर चौधरीको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीकोको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले वडा भित्र दशै पर्वमा हुने विभिन्न कार्यक्रमलाई आगामी दिनमा व्यवस्थित रुपले संचालन गर्ने बताएका छन् ।उनले २०७४ सालको स्थानीय निर्वाचनबाट आफू वडामा निर्वाचित भएर आएपछि वडा भित्रको प्रमुख
समस्याहरु बाटोघाटो,विद्युत,खानेपानी,शिक्षा, स्वास्थ्य,कृषि लगायतको क्षेत्रमा विशेष रुपले कार्य गरेको बताए । त्यस्तै अध्यक्ष गिरीले २०७९ मा पुनः आफु वडामा निर्वाचित भएर आएपछि,युवाहरुलाई विभिन्न सिपमूलक सीपहरु सिकाउदै आएको र शिक्षा क्षेत्रमा शिशु कक्षादेखि व्याचलरसम्म नि:शुल्क शिक्षा प्रदान गर्दै आएको समेत बताए ।
यस्तै उनले लमही नगरपालिका वडा नम्बर ७ लाई नमूना वडा बनाउनका लागि युवाहरुलाई नि:शुल्क सीपमूलक सीपहरु सिकाउदै आएको बताए । उनले वडाबाट महिला दिदीबहिनीहरुलाई विभिन्न सीपहरु सिकाउदै आएको बताए । चुनावका बेला गरेका बाचाहरु नभुलेको र आगामी दिनमा अझै वडाको समग्र विकासका लागि निरन्तर लागि पर्ने बताए ।
क्लबका सदस्य ममता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष किरण बिक्रम शाह,वडा सदस्य उर्मिला चौधरी,मिलिजुली महिला समुहका कोषाध्यक्ष गौरी चौधरी लगायतकाले बोलेका थिए ।कार्यक्रममा सुनमाली बिक,प्रहरी चौकी गिजेनाका इन्चार्ज मानबहादुर नेपाली,पत्रकार टेकबहादुर पुन,जनकपुर टोलका मुख्या ईन्द्र बहादुर चौधरी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा थारु कला संस्कृति रमाइलो नाचहरु र अन्य प्रस्तुतिहरु राखिएको उक्त कार्यक्रमको औपचारिक कार्यक्रमको संचालन क्लबका सदस्य धन वीर चौधरीले गरेका थिए भने खुल्ला कार्यक्रमको संचालन ज्ञानी पुन मगरले गरेकि थिइन् ।