Sidha Patra बिहिबार, आश्विन २४, २०८१

बाँके । भारतको विभिन्न स्थानमा रोजगारीको लागि गएका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्ज स्थित जमुनाह नाकाबाट घर फर्किएका छन् ।

दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यहीँ असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बुढाथोकीले बताए ।

त्यस्तै “भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ, अहिले भारत जानेभन्दा आउनेको भिडभाड बढी छ”, बुढाथोकीले भने, “सोह्रश्राद सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेको सङ्ख्या ह्वात्तै बढेको छ, बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भिडभाड हुने गरेको छ ।” अहिले भारततर्फ जाने नेपालीको सङ्ख्या कम छ ।

पछिल्लो २२ दिनमा करिब दुई लाख ५० हजार नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् । दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, ई–रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताए।

त्यस्तै आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमूलो राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट रोजगारीका लागि भारत जानेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट,सल्यान,रुकुम,रोल्पा, प्यूठान लगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]