
jsbr-3
Pbu
ksbl-7
Msbg-2
Jsbg-7
Rksr-7
Gsbr-6
Gsbg-3
Csbg-7
Usbl-7


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर -४ स्थित अतिथि सत्कार होटेलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरूमा दैलेख गुराँस गाउँपालिका वडा नम्बर -४ बस्ने २५ वर्षीय चेतन शाही र २४ वर्षीय पवन शाही रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
