शर्मिला थापा मगर/नुवाकोट बिहिबार, आश्विन २४, २०८१

नुवाकोट । मंगलबारका दिन नेपाल मगर संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे आयाेजनामा संघका जिल्ला अध्यक्ष बचुमाया सुनारी मगरकाे सभाध्यक्षता,बिदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठकाे प्रमुख आतिथ्यता र नेपाल मगर संघका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज साथै नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति नुवाकोट (नेफिन नुवाकाेट)का अध्यक्ष एवम् नेफिन प्रदेश समिति बागमतीका सचिवालय सदस्य भगवान राना मगरकाे बिशिस्ट आतिथ्यमा “नेपाल मगर संघकाे भातृ संघ-संगठन गठन साथ सम्मान शुभकामना तथा बृहत् सांस्कृतिक कार्यक्रम” भब्य र सभ्यसाथ सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा संघका भूतपूर्वहरु, बुद्धिजीवी, समाजसेवी,अग्रज र ख्यातिप्राप्त जिल्लाका मगरहरुलाई सम्मान गरिएकाे थियाे । कार्यक्रम संचालन नेपाल मगर संघ नुवाकोटका उपाध्यक्ष रामकुमार थापा मगर र स्वागत मनत्ब्य संघकै सचिवालय सदस्य ईश्वर थापा मगरबाट भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राजन श्रेष्ठले मगर पहिचान,सांस्कृतिक, ईतिहास,सभ्यता र पर्यटनकाे बिकासमा बिश्वमा चिनिएकाे जाति मगर भएकाेले जसकाे संरक्षण,संवर्धान र प्रबर्द्धन गर्न जहिले पनि सहयाेग गर्ने प्रतिबद्धता साथ आउदै गरेकाे चाडपर्व र नवगठित हुने समितिकाे भाबी लक्ष्य/उदेश्य सहित पदाधिकारी सदस्यहरुकाे भाबी कार्यकालकाे सफलताकाे शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रमका बिशिस्ट अतिथि भगवान राना मगरले नेपाल मगर संघकाे केन्द्रीय कार्यक्रमकाे जानकारी, मगर संघका भातृ संघ- संस्थाले गर्नुपर्ने जिम्मेवारीकाे चर्चा गर्दै नवगठित संघ- संस्थाका पदाधिकारी सदस्यलाई शपथ खुवाउदै बिधान र शपथका प्रतिबद्धता ब्यवहारमा जिम्मेवारीसाथ कार्यन्वयनमा लागू गर्नुपर्ने,आर्थिक समृद्धि, समृद्ध मगर समाज निर्माण गरि अघि बढ्न निर्देशित गर्दै आउदै गरेकाे २०८१ काे बिजया दशमी तथा दिपावली, नेपाल संम्बत, छठ पर्व, माघेसर्कान्ति चाडपर्वहरु र नवगठित संघ-संस्थाका पदाधिकारी सदस्यहरुकाे भाबी कार्यकाल सफलताकाे शुभकामना भनाई राखेका थिए ।

साेही कार्यक्रममा अतिथिहरुमा नेपाल मगर संघ बागमती प्रदेश समितिका प्रथम सचिब रामकृष्ण थापा मगर, संघका प्रदेश समितिका महिला सचिब सर्मिला थापा मगर र सदस्य कबिता थापा मगर, नेपाल मगर बिदयार्थि संघका केन्द्रीय अध्यक्ष चित्र पुलामी मगर, बिदयार्थी संघ कै केन्द्रीय शैक्षिक बिश्वविद्यालय बिभाग प्रमुख यम राेका मगर, विद्यार्थी संघका भू.पू. केन्द्रीय सदस्य अप्सरा राना मगर, नेपाल मगर शिक्षक संघका सहसंयाेजक तथा नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अमला थापा मगर, सांस्कृतिक संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय कलाकार सुनिल थापा मगर, सांस्कृतिक संघ, नुवाकाेटका अध्यक्ष श्रीकृष्ण थापा मगर, बिदुर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष बद्वि प्रसाद रिमाल, नेपाल माझी उत्थान संघ जिल्ला समिति नुवाकाेटका अध्यक्ष सुमन माझी, साहित्यकार प्रल्हाद लामिछाने ले आउदै गरेकाे बिजयादशमी, शुभदिपावली, नेपाल संम्बत, छठ पर्बकाे र नवगठित समितिका पदाधिकारी- सदस्यहरुकाे उन्नति- प्रगतिकाे शुभकामना मनत्ब्य राखेका थिए ।

कार्यक्रममा नेपाल मगर संघका भातृ संघ- संस्था अन्तरगत नेपाल मगर बिदयार्थी संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे साताै अधिवेशनबाट अध्यक्ष रबिना थापा मगर, उपाध्यक्ष सम्झना राना मगर, सचिब भावना थापा मगर, सहसचिब इशा थापा मगर, काेषाध्यक्ष आशिका थापा मगर सदस्यहरुमा आकृति थापा मगर, आयुष्मा थापा मगर, पृथ्बीराज थापा मगर, निकिता राना मगर, चन्द्राबति राना मगर, दिगन राना मगर, चादनी आले मगर, रुश्मा सारु मगर, आयुषा थापा मगर, अञ्जली बराइ मगर गरि १५ सदस्यीय जिल्ला समिति सर्बसम्मत भएकाे थियाे ।

कार्यक्रममा नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे तेश्राे अधिवेशनले अध्यक्ष रामकुमार थापा मगर, उपाध्यक्ष भबानी थापा मगर, सचिब बिकाश पुलामी मगर, काेषाध्यक्ष राजेश थापा मगर सदस्यहरुमा एलिना राना मगर, रमिला पुलामी मगर, अञ्जलि बराई मगर, भावना थापा मगर, आशिका थापा मगर, आयुशा थापा मगर र रबिना थापा मगर गरि ११ सदस्यीय जिल्ला समिति सर्बसम्मत चयन भएकाे छ ।

कार्यक्रममा नेपाल मगर शिक्षक संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे प्रथम भेला तथा अधिवेशनबाट अध्यक्षमा ईश्वर थापा मगर, उपाध्यक्ष पार्बती थापा मगर, सचिब सावित्री थापा मगर, काेषाध्यक्ष रिता थापा मगर (सामरी) र सदस्यहरुमा रिता थापा मगर (लिखु), सुनिता पुलामी मगर, सीता थापा मगर सहित ७ सदस्यीय जिल्ला समिति सर्बसम्मत भएकाे थियाे ।

कार्यक्रममा नै नेपाल मगर भूतपूर्ब प्रहरी/ सैनिक संघ जिल्ला समन्वय समिति नुवाकाेटकाे प्रथम भेला तथा अधिवेशनबाट अध्यक्षमा नारायण बहादुर थापा मगर, सचिब जितबहादुर आले मगर, काेषाध्यक्ष राजेश थापा मगर र सदस्यहरुमा डाेलबहादुर थापा मगर, हरिशंकर थापा मगर, अनिल थापा मगर, अर्जुन आले मगर, बच्चु आले मगर जिल्ला समितिमा सर्बसम्मत चयन भएकाे थियाे ।

नेपाल मगर संघका जिल्ला स्तिरय भातृ संघहरुका समितिहरु बाकि युवा,लेखक,चलचित्र/ सिनेमा अन्य गठन र छुटेका जिल्लाका संघ-संस्थाका भू.पू. हरु साथै मगर अग्रज, बुद्धिजीवी,समाजसेवी र अन्य क्षेत्रका ख्याती प्राप्त ब्यक्तितित्वहरुलाई आगमी समयमा सममान तथा कदर गर्दै जाने जसलाई निरन्तरता दिने जानकारी नेपाल मगर संघ जिल्ला समन्य समिति नुवाकाेटका सचिवालय सदस्य विश्व राज जर्गा मगरले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]