
Jsbg-7
Rksr-7
jsbr-3
Usbl-7
Gsbr-6
ksbl-7
Msbg-2
Csbg-7
Pbu
Gsbg-3


काठमाडौं । नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको हो ।
बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेका थप हिमालहरुको आरोहणका लागि अनुमति दिने निर्णय पनि गरेको छ। यसअघि नेपालले ०७५ पुसमा जुगल हिमाल आरोहणका लागि अनुमति दिएको थियो । जुगल सहित यसअघि ४१५ वटा हिमाल आरोहणको अनुमति प्रदान गरिएको थियो ।
