
Djs
Sgr
Unsku
Srbpu
Rgp
Pbu
pku
cjs
Pes
sbs
Ggp
Lnp
Rgp1
Gfs

Rgs
Pvg
Vor
Sls
Gst
Ggd
Rgu
Ssm
Wsp
Rgu
Rsb
Asm
Bbu
Bbbpu
nsb
Ksm
Hal
Sbs
Tsm

Bml
Rpp
Ptm
bbt
Mks
Pls
Gsb
sab
Jmb
Rmb
Syp
Jmb
Abd
दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताएका छन् ।
चाडपर्वको नाममा महङ्गो खानु पर्ने,महङ्गो लगाउनु पर्ने,तडकभडक गर्नु पर्ने,जाडरक्सि र जुवातासलाइ बढवा दिनु पर्ने जस्ता बिकृत सस्कृतीलाइ निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिए । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालीकाले राखेको चाडपर्व मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले देशका युबाहरुको बिदेश पलायन प्रति चिन्ता प्रकट गर्दै युबाहरुमा देशभक्ति भाबना वृद्धि गर्नु पर्ने कुरामा समेत जोड दिए ।
त्यस्तै उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले हाम्रो देश धर्म निरपेक्ष भएको हुनाले सबै चाडपर्व र धर्म सस्कृतिलाई समान रुपले लिनु पर्ने कुरा बताए । उनले अगाडी भने राष्ट्रिय जनमोर्चा निरन्तर धर्म निरपेक्षताको पक्षमा रहेको तर साम्राज्यवादीहरु साम्राज्यवादी उदेश्यको लागि र राजाबादीहरु राजतन्त्रको लागि धार्मिक कुरा गर्नु दु:खद भएको कुरा बताए ।
कार्यक्रममा अखिल नेपाल युबक संघका पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल,अखिल नेपाल किसान महासंघका केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य दिनामणि आचार्य,अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य लालबहादुर भण्डारी,अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिामा आचार्य,राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल शिक्षक संघ जिल्ला सचिब ठाकुर खनाल,अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका जिल्ला सदस्य चिन्ताप्रसाद पोख्रेल,अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष चुनचुन केसि, अखिल (छैठौं)का जिल्ला सदस्य सस्कृती आचार्य , गढबा गापाका कार्यपालीका सदस्य सुर्य नेपाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्यहरु रुकमागत आचार्य , इस्वरी आचार्य,तिलकराम पोख्रेल,कासिराम यादब , धर्मराज पन्थी,धनेस्वर खनाल यसैगरी सरकारको पुर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनको लागि नाम निकाल्नु भएका दिग्सन आचार्य,सुदिन भुसाल र असिम पोख्रेललाई दोसल्ला र अबिर लगाइ सम्मान गरिएको थियोे । सम्मानित मध्यबाट दिग्सन आचार्य , सुदिन भुसाल र असिम पोख्रेलले सम्मान गरेकोमा खुसि प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए । गाउँपालीका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य कृष्ण खड्काले र संचालन चित्र एमसिले गरेका थिए ।
