
Rgp1
sbs
Ggp
Sgr
Pbu
Unsku
Gfs
Lnp
Rgp
Pes
pku
Srbpu
cjs
Djs

Ssm
Tsm
Pvg
Ksm
Rgu
Hal
Bbbpu
Sbs
Asm
Rsb
Bbu
Vor
Wsp
Sls
Rgs
nsb
Ggd
Rgu
Gst

Jmb
Rmb
bbt
Rpp
Gsb
Syp
Jmb
Ptm
Abd
Bml
Pls
Mks
sab
दाङ । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले प्रदेश सरकार र स्थानिय तहहरुलाई पर्याप्त अधिकार नहुँदा सकस थपिएको बताएका छन ।
संघिय सरकारले स्थानिय तह संरचना निर्माण गरेपनि पाउनुपर्ने पर्याप्त अधिकार नपाउँदा कामकाजमा जटिल्टा थपिएको गुणासो गरे । नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बधाई तथा भेटघाट कार्यक्रमलाई संबोधन गर्दै मन्त्री न्यौपानेले संघका कारण जटिल्ता थपिएको र त्यसको क्षेती प्रदेश र स्थानिय तहले ब्यहोरीरहेको गुणासो गरे । ‘संघले प्रदेश र स्थानिय तह निर्माण त गर्यो, तर पर्याप्त अधिकार दिन नसक्दा जटिल्ता थपिएको छ मन्त्री न्यौपानेले भने-त्यसको असरपनि प्रदेश र स्थानियले ब्यहोर्नु परेको छ, पाएको अधिकार पनि प्रयोग गर्न नसक्दा झन समस्या भएको हो ।’
बिकाश निर्माणका लागि संघको मुख ताक्नुपर्ने बाध्यता रहेको बताउँदै उनले निश्चित आयस्रोत नहुँदा पनि प्रदेश सरकार सुदृढ हुन नसकिरहेको बताए । प्रदेश सरकारले उपलब्धी मुलक काम गर्न नसकेको बदनाम खेपिरहेको बताउँदै उनले राजस्वको नाममा यातायातको राजस्व आफ्नै मन्त्रालय मार्फत संकलन भईरहेको बताए । उनले यातायातको लाईसेन्स पनि अब प्रदेशले छाप्नेगरि काम अघि बढेको बताए । उनले समग्र काँग्रेसलाई मजबुत बनाउन जितेका प्रतिनिधीले जनताको मर्म बुझी काम गर्न सुझाए । ‘मत मात्र माग्ने हैन काम गरेर देखाउनुस, जनता समक्ष जाने काम गरौँ मनत्री न्यौपानेले भने-गरेको कामको प्रचार गर्न नसक्नु पनि हाम्रो कमजोरी हो ।’ उनले बैदेशिक रोजगारमा जाने युवालाई देशमै रोजगारको श्रृजना गरि रोक्नुपर्ने धारणा ब्यक्त गर्दै त्यसको नेतृत्व काँग्रेसले गर्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशकै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशको कामकारबाही पुछारमा पर्नु केन्द्रनै दोशी रहेको ठहर गरे । आयस्रोत बढाउन चुरे क्षेत्र प्रदेशको मातहतमा ल्याउन प्रयास गरेपनि त्यो बिफल हुँदा प्रदेशपनि बिफल हुँदै गएको महसुस गरे । चुरेबाट प्रसस्त आयस्रोत बढ्ने र जसका कारण बिकाश निर्माणले गति लिने कुरामा बिश्वास ब्यक्त गरे ।
प्रतिनिधीले आफ्नो क्षेत्र मात्र नभएर पुरै क्षेत्रमा बिकाशको अनुभूति हुनेगरी काम गर्नुपर्ने लुम्बिनी प्रदेश सांसद लोका बिकले धारणा राखिन । उनले दाङ क्षेत्र नम्बर १ बिकाशको गति लिन नसकेको तर्क राख्दै यसतर्फ नेतृत्वले ध्यान दिनुपर्ने बताईन । कार्यक्रममा नेपाली काँग्रेस दाङ जिल्ला सभापती शँकर डाँगीले काँग्रेसलाई गतिशिल बनाउन वडा तथा टोल स्तरमा नियमित बैठक बस्नुपर्ने धारणा राखे । स्वासप्रश्वास प्रकियाले मानिस जोगिए जस्तै पार्टी जोगाउन पनि नियमित बैठक आबस्यक छ उनले भने । प्रदेश सरकार मार्फत भएका योजनाहरुको रोकिएका भुक्तानी छिटो र सहज तरिकाले गर्नुपर्ने महासमिती सदस्य जानकिलाल बस्नेतले बताए । गुटउपगुटले काँग्रेसमा धमिरा लागेको बताउँदै उनले एकता कायम रहे काँग्रेस बलियो बन्ने धारणा राखे ।
नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ का सभापती भेयराज पाण्डेयको सभापतित्व तथा नेपाली काँग्रेस दाङ जिल्ला सभापती शँकर डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । काँग्रेस बाट निर्बाचित प्रदेश साँसदहरु मन्त्री भएको भन्दै बधाई तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको क्षेत्रिय प्रबक्ता अजय न्यौपानेले जानकारी दिए । कार्यक्रममा महाधिबेसन प्रतिनिधि मधु न्यौपाने, महासमिती सदस्यहरु मोहन गिरी, कर्णबहादुर बुढाथोकी लगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सहजिकरण क्षेत्रिय सहसचिब प्रकाश जिसीले गरेका थिए ।
