
Sdc
Asbus
Rgp
Ggp
Lnp
Ggp
Msbus
Ksbus
Ksbus

दाङ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नव कोषाध्यक्ष रत्न प्रसाद श्रेष्ठलाई देउखुरी उद्योग बाणिज्य संघ परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरि बधाई एवं सम्मान गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगत लुम्बिनी प्रदेशको उद्योग बाणिज्य महासंघको भरखरै सम्पन्न भएको निर्वाचनमा मनोनीत कोषाध्यक्ष पदमा चयन हुनु भएका श्रेष्ठलाई देउखुरी उद्योग बाणिज्य संघ परिवारले आफ्नै कार्यालय भबन लमहीको रातोडाँडामा आज दोसल्ला ओढाएर फुलमाला तथा अबिर लगाइ भव्यरुपमा सम्मान गरेको हो ।
त्यस्तै स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै देउखुरी उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष खगेस्वर खनालले देउखुरी उद्योग बाणिज्य संघको नेतृत्व गर्दै लुम्बिनी प्रदेश उद्योग बाणिज्य महासंघको कोषाध्यक्ष जस्तो महत्त्वपूर्ण पद प्राप्त गर्न सफल भएकोमा सिङ्गो दाङ जिल्ला कै उपलब्धि मुलक र खुसीको कुरा भएको बताउनु भयो ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष तथा नव कोषाध्यक्ष रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा श्रेष्ठले कोषाध्यक्ष जस्तो गरिमामय पद आफुले पाउनु भनेको नगर,जिल्लाका अध्यक्ष तथा व्यापारी वर्ग उद्योग पति एवं आफ्ना सहकर्मी साथीहरुको ठुलो साथ र सहयोगद्वारा प्राप्त भएको बताउनु भएको छ । त्यस्तै उहाँले आफू सधै व्यापारी र उद्योग कर्मीको हक र हितको लागि आफ्नो कार्यकालमा सम्बन्धित निकाय संग समन्वय तथा सहकार्य गरेर काम गर्ने बताउनु भएको छ । त्यसैगरी श्रेष्ठले आफू कोषाध्यक्ष हुँदा बित्तिकै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल संग भेट गरेर नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय कार्यालय भवन निर्माण गर्नको लागि आवश्यक जग्गा उपलब्ध गराइदिन प्रस्ताव राखिसकेको र सो प्रस्तावलाई सहजैरुपमा स्विकार्दै मन्त्री पोख्रेलले जग्गा उपलब्ध गराइदिने प्रतिबद्धता समेत जनाइसकेको कार्यक्रममा बताउनु भयो ।
सो कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पान्डे,सह -सचिब कृष्ण घिमिरे,सल्लाहकार शेषमणि गौतम,सदस्य नबाफ अलि,प्रकास जिसि,पत्रकार लगायत अन्य सहभागिले उक्त बधाई तथा सम्मान कार्यक्रममा संघका अध्यक्ष तथा नव कोषाध्यक्ष श्रेष्ठलाई सफल कार्यकालको शुभकामना सहित बधाई एवं सम्मान गरेको थियो । खगेस्वर खनालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण संघका महासचिव कमल जंग सिह ठकुरीले गर्नु भएको थियो ।
