
Unsku
Sgr
Gfs
Pbu
sbs
cjs
Rgp1
Djs
pku
Pes
Rgp
Srbpu
Ggp
Lnp

Pvg
Bbbpu
Rgu
Ksm
Rgs
Ssm
Rsb
Sbs
Asm
Gst
Bbu
Rgu
nsb
Ggd
Tsm
Wsp
Vor
Hal
Sls

Rpp
Abd
sab
Mks
Rmb
Pls
bbt
Jmb
Bml
Syp
Jmb
Ptm
Gsb
काठमाडौं । राष्ट्र, राष्ट्रियता,धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सोमबार आज माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ गते आइतबार पक्राउ गरेको थियो ।
त्यस्तै जिल्ला अदालत काठमाडौंले उनलाई तीन दिन हिरासतमा राख्न आइतबार नै प्रहरीलाई अनुमति दिएको थियो । त्यसपछि अनुसन्धान नसकिएको भन्दै उनीमाथि थप पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको भन्दै उनीमाथि उजुरी परेको थियो भने गत बुधबार प्रसाईंसहित तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालते पक्राउ पुर्जी जारी गरेको थियो । उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ टिका संग्रौला (ज्वाला)ले उजुरी दर्ता गराएकी थिइन् ।
