Sidha Patra आइतबार, आश्विन १३, २०८१

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेकाे कपिल आराेग्य मन्दिर कपिल धामकाे अवलाेकन गरेका छन् ।

महर्षी कपिलकाे पावन तपाेभूमिकाे रुपमा रहेकाे बाणगंगा नगरपालिका वडा नम्बर -९ मा अवस्थित कपिल धामकाे आइतबार अवलाेकन गरेका हुन् । याे धामलाइ प्रदेशकाे गाैरवकाे आयाेजनाकाे रुपमा अगाडि बढाउन सरकारले ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे ।कपिल धामले लुम्बिनी प्रदेशकाे धार्मिक,सांस्कृतिक, र पर्यटकीय महत्त्वलाई अझ उजागर गर्ने विश्वास लिएका छन् । प्रदेश सरकारले पुरातात्त्विक र धार्मिक सम्पदाको संरक्षणका लागि विशेष योजना तयार गरी कार्यान्वयन गर्ने, प्रदेशका धरोहरहरूको दीर्घकालीन अस्तित्व सुनिश्चित गर्नेगरी सरकारले काम गर्ने बताए । `लुम्बिनी प्रदेशलाइ धार्मिक पर्यटनकाे केन्द्र बनाउनेगरी सरकारले याेजना अघि बढाएकाे छ´मुख्यमन्त्री आचार्यले भने -`सरकारले याे धामकाे विकासकाे लागि ४० लाख बजेट बिनियाेजन गरेकाे छ । यस्ता पुरातात्त्विक सम्पदाकाे संरक्षण, सम्बर्द्धन, प्रबर्द्धन गर्न ध्यान दिएका छाैं ।´

महर्षि कपिलको पावन तपोभूमि,धार्मिक पौराणिक एवम् ऐतिहाँसिक स्थल कपिलधाम स्थापना भएको थियाे । यस क्षेत्रमा योग, ध्यान, सत्संग, जडिबुट, गौशाला, गुरुकुलम्, प्राकृतिक चिकित्सालय, पुस्तकालय, साहित्य बाल उद्यान सञ्चालनकाे याेजना छ । वैदिक संस्कृत विद्यापीठ गुरुकुलमको लागि शैक्षिक अनुदान, कक्षा कोठा भवन र छात्रावास भवन निर्माण गर्न सरकारले सहयाेग गर्नुपर्ने माग राखिएको छ । धामका अध्यक्ष शंकरप्रसाद आचार्यले मुख्यमन्त्री आचार्यलाइ माग पत्र समेत बुझाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]