ओमप्रकाश गुप्ता आइतबार, आश्विन १३, २०८१

दाङ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङको साधारणसभा तथा सातौ अधिवेशन शनिबार भालुवाङमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभा उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले विदेश जाने युवाहरुलाई स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने वातावरण मिलाउन उद्योग वाणिज्य संघले समन्वयकारी भुमिका निभाउन आवश्यक रहेको बताएका छन् ।

देशमा रोजगारी नभएकै कारण दिनप्रतिदिन युवाहरु विदेश पलायन हुने हो भने भोली देशमा बुढापाखा मात्र हुने अवस्था सिर्जना हुन सक्ने हुँदा साना साना उद्योगहरु सञ्चालन गरी रोजगारीको सिर्जना गर्ने वातारण मिलाउन आवश्यक रहेको बताएका छन् । त्यस्तै मन्त्री न्यौपानेले उद्योगी तथा व्यापारीको योजना बनाएर ल्याए प्रदेश सरकार लगानी लगाउन तयार रहेको समेत बताएका छन् ।

सभामा अध्यक्षको प्रतिवेदन संघका अध्यक्ष सुरज खड्का, वार्षिक प्रगति विवरण महासचिव नारायण शर्मा र आर्थिक प्रतिवेदन संघका सदस्य रोशन चौधरीले प्रस्तुत गरेका थिए ।

संघका वरिष्ठ उपाध्यक्ष बाबुराम थापाको स्वागत मन्तव्यबाट सुरू भएको सभा उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य रेश्मीराज नेपानी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, केन्द्रिय सदस्य केशव भण्डारी,राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का, सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरि भुसाल, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी, ऐरावती आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष केशवराज खनाल, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ, पत्रकार महेश रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सभामा विभिन्न व्यकित्वहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन संघका सचिव भरतमणी न्यौपानेले गरेका थिए ।

यसै बीच संघको नयाँ नेतृत्व चयनका लागि सहमती नभएपछि निर्वाचन हुने देखिएको छ । नयाँ नेतृत्व चयनका लागि ३ वटा प्यानल सहित केहि व्यापारीहरुले एकल उम्मेदवारी समेत दिएको निर्वाचन समितिका संयोजक महेश रिजालले जानकारी दिएका छन् । अध्यक्ष पदका लागि सुरज खड्का, हिमानन्द पाण्डे र टोपबहादुर कार्कीले दावी गरेका छन् । निर्वाचन समितिमा संयोजक महेश रिजाल र सदस्यहरुमा टोपबहादुर झार्की, चन्द्र खनाल रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]