दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर र राजपुर गाउँपालिका वडा नम्बर २ बेला जोड्ने बाटो वर्षाले अबरुद्ध भएपछि,पालिकाको डोजर लगाएर सुचारु गरिएको छ ।
लगातार परेको अविरल वर्षाका कारण अबरुद्ध भएको बाटोलाई राजपुर गाउँपालिकाको डोजर प्रयोग गरेर बाढीद्वारा अबरुद्ध भएको बाटोलाई सुचारु गरिएको राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले जानकारी दिए ।हस्नापुर र बेला जोड्ने राप्ती नदीमा करोडौंको पुल बनेको छ । पुलको दायाँबायाँबाट तटबन्ध पनि लगाइएको छ,तर राप्ती नदी उर्लेर आउँदा झरण भेलले उक्त बाटोलाई अबरुद्ध गर्ने गरेको अध्यक्ष बुढाथोकीले बताए । धेरै जस्तो समस्या हस्नापुर क्षेत्र तिर छ । उक्त क्षेत्र लमही नगरपालिकाको वडा नम्बर ७ मा पर्दछ । यस अघि नगरपालिकाले हेमपाइप लगाएको भएपनि उक्त हेमपाइपले झरण पानी ठेग्न नसक्दा बाटो अबरुद्ध हुने गरेको अध्यक्ष बुढाथोकीले सीधा-पत्र डटकमलाई जानकारी दिए ।
यो वर्षपनि नगरपालिकाले उक्त बाटो मर्मत गर्नका लागि बजेट छुटाएको जानकारी आफुले नगरपालिकाका प्रमुख (मेयर) जोगराज चौधरीसंग टेलीफोनबाट प्राप्त गरेको अध्यक्ष बुढाथोकीको बताए । उनले भने अहिले हामी वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी ज्यूसंग मर्मत क्षेत्रमा संगै छौं । यो क्षेत्र हाम्रो पालिका भित्र पर्दैन तैपनि हाम्रो पालिकाबाट दैनिक हजारौं नागरिक आवतजावत गर्छन् ,त्यसैले पालिकाको डोजर प्रयोग गरेर अबरुद्ध भएको बाटोलाई पन्छाएर बाटो सुचारु गरिएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
त्यस्तै उक्त बाटोमा हेमपाइप भन्दापनि एउटा कल्भर्टको खाचो देखिएको यात्रीहरुको भनाइछ । करोडौंको पुल बनेपनि स-साना समस्याकै कारणले सो बाटोमा आवतजावत गर्ने नागरिकले ठुलो सास्ती खेप्नुपरेको छ ।