दाङ । देउखुरीको गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि मंगलबार डस्टबिन बितरण गरेकाे छ ।
संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे हाे । कपिलवस्तु जिल्लाकाे सिमा छाेएकाे धानखाेला बजारमा फाेहरमैला ब्यबस्थापन गर्न चुनाैति रहेकाे बताउदै संघका अध्यक्ष ओमप्रकाश बसेलले पालिकासँग समन्वय गरेर स्थायि रूपमा फाेहरमैला ब्यबस्थापन गरिने बताए ।
त्यस्तै ब्यबसाय तथा हाेटलबाट निस्किएका कुहिने तथा नकुहिने फाेहरलाई छुट्याई निश्चित स्थानमा ब्यबस्थापन गर्न जरूरी रहेकाे बताउदै अध्यक्ष बसेलले दाङकाे प्रबेशद्वार धानखाेलालाई चाडवाडकाे अवसरमा सजिसजाउ गर्नुपर्ने बताए । धानखाेलालाई आकर्षणकाे केन्द्र बनाउन चाडबाडमा पतका,रंगराेगन गर्न स्थानिय बजार ब्यबस्थापन समिति लाग्नु पर्ने बताउदै उनले उद्योग बाणिज्य संघले सक्दाे सहयाेग गर्ने बताए ।
कार्यक्रम संघका उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, काेषाध्यक्ष दुखहरण यादब, सदस्यहरू राजन खनाल रमेश कुमार बजगाई,धानखाेला बजार ब्यबस्थापन समितिका अध्यक्ष, पदाधिकारी,सदस्यहरू,स्थानिय ब्यबसायि तथा पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागिहरूले उद्याेग बाणिज्य संघले गरेकाे कामकाे प्रशंसा गर्दै फाेहरमैलालाई निश्चित रूपमा ब्यबस्थापन गर्न पालिकासँग समन्वय गरिदिन आग्रह गरेका थिए ।
स्थायि रूपमा फाेहरमैला ब्यबस्थापन नहुँदासम्म हप्तामा १ दिन मात्र भएपनि पालिकाकाे ट्याक्टर याे स्थानमा आए सहज हुने स्थानीय ब्यबसायीले बताएका छन् । संघकाे बार्षिक कार्ययाेजना अन्तरगत कालाकाटे र धानखाेलामा डस्टबिन बितरण गरिएकाे कार्यक्रमकाे सहजिकरण काेषाध्यक्ष दुखहरण यादबले गरेका थिए ।