
Pbu
Pes
Srbpu
Unsku
Djs
cjs
Rgp
Sgr
Gfs
Rgp1
pku
Ggp
sbs
Lnp

Bbu
Ggd
Wsp
Ssm
Gst
nsb
Vor
Pvg
Tsm
Sbs
Rsb
Bbbpu
Sls
Hal
Asm
Ksm
Rgu
Rgs
Rgu

Rmb
bbt
Bml
Ptm
Syp
Pls
Mks
Gsb
Rpp
sab
Jmb
Jmb
Abd
दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)एमाले लमही नगर कमिटीको दोस्रो अधिवेशन सोमबार सम्पन्न भएको छ ।
उक्त अधिवेशनले सर्वसम्मत नगर अध्यक्षमा रतन कुमार केसीलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा चेत नारायण चौधरी,सचीव-पवन शर्मा रिजाल, उप-सचीव – घनश्याम खनाल,उप-सचीव – अनिता शर्मा गरि ६१ जनाको सदस्य कमिटी गठन भएको भएको हो ।
नगर कमिटी संयोजक रतन कुमार केसीको अध्यक्ष तथा नेकपा एमाले पार्टीका केन्द्रीय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले मुलुकलाई उज्यालो यात्रामा दोहोय्राउन मुख्य दुईदल मिलेर सरकार गठन गरेको बताएका छन् ।
लमही नगर अधिबेशनको उद्घाटन गर्दै महासचिव पोख्रेलले राजनीतिक अस्थिरता अन्त्य गर्न ठुलादल मिलेर सरकार गठन गर्नुको बिकल्प नभएकाले यस्तो प्रस्थिती आएको बताए । उनले आवस्यकता अनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठूलादलहरु मिलेर सरकार बनाएको प्रष्ट्र पारे । आफुहरु मिल्नुको अर्थ मूलुकको उज्यालो यात्राको लागि रहेको भन्दै यो मलुकमा नीतिको बहस आवस्यक रहेको बताए । ‘देशमा संविधान जारी भएपछि नेपालको राजनीतिमा नीतिको बहस हुनै छोड्यो, स्वार्थमा आधारित क्रियाकलापहरु अगाडी बढ्न थाले पोख्रेलले भने-कुनैपनि देशको विकासमा नीतिगत नेतृत्वको आवस्यकता पर्दछ ।’
पुर्ब सुचना तथा सञ्चार प्रबिधी मन्त्री समेत रहेका पोख्रेलले दुईठुला दलको सरकारलाई घेराबन्दीको प्रयास भईरहेको बताए । मुख्य दुईदल मिलेर सरकार गठन भएपश्चात अन्य दलहरु औचित्यहिन भएपछि घेराबन्दीको प्रयास गरीरहेको बताएका हुन । आफु सरकारमा हुँदा मनपरी गरेकाहरुले अहिले सरकार बाहिर भएपछि सरकारको बिरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने काम भइरहेको बताए । ‘ठूला दलहरु मिलेपछि जनतामा देखिएको निरासा अन्त्य भएको छ, अर्थतन्त्रका सकरात्मक परिवर्तन देखिन थालेका छन महासचिब पोखरेलले भने-आफू सरकारमा रहँदा गर्न नसकेका कामहरु हुन थालेपछि केहि दलले मन पराएका छैनन ।’ देशको विकासमा दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुनुपर्ने तर्क गर्दै महासचिव पोख्रेलले छिमेकी मुलुकमा भइरहेको विकास त्यसैको परीणाम भएको उदाहरण दिए ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलीलाई विश्वले मानेको दावी गर्दै पोख्रेलले नाम कमाउने उद्येस्यले तिनै ओलीको आलोचना गर्नेको सँख्या बढेको बताए । ‘उनले भने-हाम्रा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वका विश्व विद्यालयहरुले छलफल अन्तरक्रिया गर्न खोजिरहेका छन, विश्वले मानेको छ, तर हाम्रो नेपालमा भरखर राजनीति सिक्न थालेकाहरुले आफुले चर्चा कमाउनको लागि विरोध गर्ने गलत परम्परा चलेको छ ।’ अबको चुनौती भनेको राजनीतिक अराजकताको चुनौती रहेको भन्दै महासचिव पोख्रेलले छिमेकी मुलुकबाट राजनीतिक परिवर्तन स्थाईत्व र विकासको नमूना अभ्यास सिकेर लाग्नुपर्न तर्क गरे ।
लुम्बिनी प्रदेशका सँस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले देशको समृद्धिका लागि युवाजनशक्ती अपरिहार्य रहेको बताए । युवा जति बिदेश पलायन हुँदा त्यसको असर देशले ब्यहोरीरहेको बताउँदै महासचिब पोखरेलले देश बनाउन देशकै जनशक्तीको आबस्यक रहने बताए । देशको बिकाशका निम्ति ठुला दल आबस्यक रहने बताउँदै उनले साना दोकान बन्द गर्नुपर्ने ब्यङ्ग्य प्रस्तुत गरे । ‘देश बनाउन ठुला दल आबस्यक छन, साना दलमा रहेर अलमलमा नपरौ महासचिब पोखरेलले भने-साना दोकान बन्द गरौँ, ठुला दलसँग मिलौ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पोख्रेलले नेता कार्यकर्तालाई गत स्थानिय तहको निर्वाचनमा दाङको लमही नगरपालिकामा शुन्य अवस्थामा रहनु लज्जाको विषय भएकाले आगामी निर्वाचनमा प्रभावसाली नतिजा ल्याउनेगरी काममा खट्न निर्देशन दिए ।
लमही नगर उपाध्यक्ष गोपाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुलिटब्यरो सदस्य तथा एमाले दाङ ईन्चार्ज नरुलाल चौधरी, राष्ट्रिय जनमोर्चाका लमही नगरकमिटीका अध्यक्ष हरि थापा, एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य, पोलिटब्युरो सदस्य शुजिता शाक्य, केन्द्रीय सदस्यहरु सीता न्यौपाने, घनस्याम पाण्डे लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन लमही नगरसचिब भानु जोशीले गरेका थिए ।
