
lnp
Rgp
Dbs
ksb
Pbu
Sgp
Rgp
Lnp
Ggp
Rgp
Asb
Lks
Jns
Dus
Rgp
Usb
Ggp


दाङ । राप्ती गाउँपालिकामा राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले रोजगारीको ग्यारेन्टी सरकारले गर्ने हो भने विदेश जाने युवाहरूलाई रोक्न सकिने बताएका छन् । शुक्रबार दाङको राप्ती गाउँपालिकामा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो साधारणसभा तथा अधिवेशनलाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
प्रमुख अतिथि समेत रहेका मन्त्री न्यौपानेले पछिल्लो समय युवा पिढीहरू पढेर विदेश जाने लहर अत्यधिक मात्रमा बढिरहेकोले अब पनि नेपालमा यस्तै अवस्था रहिरहेमा गाउँघरमा युवा शून्य र बुढापाखाहरू मात्रै भेटाउने वातावरणको सिर्जना हुन सक्ने भएकोले सरकारले त्यस विषयमा ध्यान दिनुपर्ने बताएका छन् ।
स्थानीय, प्रदेश तथा संघ सरकारले अब स्थानीय स्तरमा साना साना उद्योग स्थापना गरेर उनीहरूलाई तालिम दिई रोजगारीको सिर्जना गर्नुपर्ने बताएका छन् ।त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले उद्यम क्षेत्रको विकास प्रदेश सरकारले गर्नुपर्ने र त्यसका लागि प्रयाप्त बजेट पालिकामा पढाउन आवश्यक रहेको बताएकी छिन् ।
त्यस्तै राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष शान्ता विश्वकर्माले उद्यम सहजकर्ताको थुप्रै समस्या रहेको गुनासो गरेकी छिन् । उनले सरकारले उद्यम विकासका लागि सरकारले प्रयाप्त बजेटको व्यवस्था नगर्दा उद्यम क्षेत्रको विकास हुन नसकेको बताएकी छिन् ।
महासंघ लुम्बिनीका कार्यवाहक अध्यक्ष जानकी हिताङको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सदस्य राजेश बढाई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नर्मदा हरिजनले प्रस्तुत गरेका थिए । सदस्य सुष्मा बस्यालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालक महासंघका निवर्तमान केन्द्रीय सदस्य विरेन्द्र सुवेदीले गरेका थिए ।
यसै बीच राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेकी जानकी हिताङ सर्वसम्मत निर्वाचित भएकी छिन् ।
शुक्रवार दाङको राप्ती गाउँपालिकाको सभाहलमा मसुरीयामा भएको दोस्रो साधारणसभा तथा अधिवेशनबाट हिताङकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जस अनुसार उपाध्यक्षमा नवलपरासीका राजेश बढाई, महासचिवमा रोल्पाका ऋषि शर्मा,सचिवमा प्युठानका शुसिला नेपाली र कोषाध्यक्षमा नवलपरासीका नर्बदा हरिजन निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा बाँकेका सावित्रा रेग्मी, दाङका विनिता चौधरी, रुपन्देहीका सुष्मा बस्याल, गुल्मीका महेन्द्र परियार, रुपन्देहीका अजितसिंह चौधरी, पाल्पाका आशा बराइली रहेका छन् ।
पदेन सदस्यमा रोल्पाका पुर्ण बहादुर पुन र प्यूठानका शान्ता विक रहेका छन् । निर्वाचन मण्डलका संयोजक राममणी थापा र सदस्यहरु विरेन्द्र सुवेदी, यज्ञ बहादुर डाँगीले सर्वसम्मत निर्वाचन गराएको थियो ।

