
Gsb
Usb
Ssb
Nsb
Ksb
Ksb
Tgp
Rks
Ssb
Fmb
Ksb
Rsb
jsb
Bsn
Ppu
Csb

Ssb
Hl1
Tsb
Usb
Gsb

Nps
ptl
Rgu
काठमाडौं । तीन महिनाभित्र धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गरिने पर्सा —राष्ट्रिय आविष्कार केन्द्रले २१ महिनादेखि सञ्चालन गरिरहेको वीरगन्जस्थित कृषि औजार कारखानाबाट ३ महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने गृहकार्य गरिरहेको छ ।
तत्काललाई धान काट्ने मेसिन रिपर र धान झार्ने मेसिन थ्रेसरको व्यावसायिक उत्पादन गर्ने योजना रहेको कारखानामा कार्यरत केन्द्रका इन्जिनियर रितेश देवले जनाए । आउँदो ३ महिनाभित्र रिपर र थ्रेसर मेसिन उत्पादन गर्ने लक्ष्यसहित हामीले काम गरिरहेका छौं,’ देवले भने, ‘त्यसका लागि कारखानामा हालै ५० लाख रुपैयाँ लागतमा सीएनसी लेजर मेसिन भित्र्याइसकेका छौं, यो स्वचालित मेसिनले कृषि उपकरणको उत्पादन गर्न आवश्यक फलामे पाता काट्ने काम गर्छ ।’ यसो हुँदा कृषि उपकरणहरूको उत्पादन तीव्र गतिमा गर्न सकिने देवले जनाए ।
त्यस्तै व्यावसायिक उत्पादन थाल्नुअघि कारखानामा हालको भन्दा दोब्बर जनशक्ति थप्ने योजना पनि रहेको देवले बताए । हाल कारखानामा २५ जनशक्ति कार्यरत रहेकामा थप २५ जनशक्ति थप्ने योजना छ । हाल कारखानामा कार्यरत जनशक्तिमा ७ मेकानिकल/इन्डस्ट्रियल/इलेक्ट्रिकल इन्जिनियर, १ मेकानिकल ओभरसियर र बाँकी फेब्रिकेटर टेक्निसियन छन् । ०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई सञ्चालन गरिरहेको छ ।
कारखाना सञ्चालनमा हालसम्म केन्द्रले २ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको र उक्त रकम पनि केन्द्रका संस्थापक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर जम्मा गरेको करिब १० करोड रुपैयाँबाट प्राप्त भएको इन्जिनियर देव बताउँछन् । ०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सञ्चालनमा आएको कृषि औजार कारखाना ०४७ पछि रुग्ण अवस्थामा गएपछि ०४९ सालमा बन्द गरिएको थियो । नेपाल सरकारले वाचा गरेअनुसार कारखाना सञ्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका सञ्चालक पुन आफ्नै आत्मकथाको पुस्तक बेचेर उक्त रकमको जोहो गर्ने अभियानमा छन् । यस क्रममा उनले करिब १० करोड रुपैयाँ संकलन गरिसकेको जनाइएको छ ।
त्यस्तै केन्द्रले हालसम्म कारखानामा धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुक्खा घाँस काट्ने, धान गोड्ने, खन्ने आदि काम गर्ने विडर मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ । यसबाहेक कुटो, कोदालो, चाप कटर आदि साना कृषि उपकरण पनि उत्पादन गरिसकेको छ ।कान्तिपुर
