Sidha Patra बुधबार, आश्विन ०२, २०८१

काठमाडौँ । संविधान दिवसको अवसर पारेर असोज ३ गते बिहीबारका दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को प्रिमियर गरिएको छ ।

मंगलबार बेलुका कमलपोखरीस्थित बिग मूभिजमा आयोजित प्रिमियरमा राजनीतिज्ञ,फिल्मकर्मी र रङ्ग पत्रकारको उपस्थिति रहेको थियो । प्रिमिएरमा अधिकांशले फिल्मको कथाले मन छोएको बताएका छन् । कतिपयले अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको तारिफ गर्दा केहीले कथाले आफूलाई रिलेटेट गरेको बताए ।

त्यस्तै सशस्त्र द्वन्द्वकालमा एक जोडी प्रेमीका प्रेमर उतार चढाव प्रस्तुत गरिएको फिल्ममा हेर्न सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा वान्तवा राई, लेखक प्रदीप भारद्धाज, निर्माता रोहित अधिकारी,सरोज न्यौपाने, अभिनेताद्वय सलिनमान बनियाँ र आर्सीवाद क्षेत्री, अभिनेत्री गौमाया गुरुङ, पशुपति राई, लुनिभा तुलाधर तथा रुकुमका स्थानिय बासिन्दाको समेत बाक्लो उपस्थिति रहेकोे थियो ।

यस्तै सांसद ज्ञानेन्द्र शाहीले खुस्मा फिल्म जस्तो नभई एउटा दस्ताबेज जस्तो भएको बताए । ‘खुस्मा खासमा भन्दा दस्ताबेज नै हो’, शाहीले भने ‘यो फिल्म नहर्नेले २०५२ सालपछिको नेपाल नै बुझ्नु हुन्न ।’ एक सामान्य मान्छेको जीवनमा द्वन्द्वले राज्य पक्ष र विद्रोही पक्षबाट के कति असर पर्‍यो भन्ने कुरा स्पष्ट रूपमा देखाएको छ ।

त्यस्तै निर्देशक निश्चल बस्नेतले ‘खुस्मा’बाट निर्देशक अशोक थापा मगरले फिल्म राम्रो तवरबाट पस्किएको बताए । उनले कलाकारमा उपसनाको काम अत्यन्तै राम्रो लागेको बताए । एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थिए । वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

त्यस्तै फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को सङ्गीत रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]