
Gfs
cjs
Srbpu
Ggp
Djs
sbs
Rgp1
pku
Unsku
Sgr
Rgp
Pes
Pbu
Lnp

Sbs
Ksm
Wsp
Rgs
Gst
Pvg
Hal
Bbbpu
Rgu
Asm
Bbu
Rgu
Ssm
Ggd
Vor
Sls
Tsm
nsb
Rsb

Mks
bbt
Abd
sab
Ptm
Bml
Jmb
Rmb
Jmb
Syp
Gsb
Rpp
Pls
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सर्वदा साहित्य सङ्गम, नेपालगन्जले यस वर्षको “डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार २०८१” बाट सम्मानित गरेको छ । असोज १ गते चन्दको भक्तपुरस्थित लोकन्थली निवासमा आयोजित कार्यक्रमका बीच उनलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा साहित्यप्रेमी, समाजसेवी र अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैतडी जिल्लाको कुर्कुटिया गाउँमा १९९६ साल फागुन ३ गते जन्मेका चन्दले चार पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। नेपाली राजनीतिक इतिहासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मात्र नभई साहित्यिक जगतमा पनि उनी बहुमुखी प्रतिभाका धनी हुन् ।
त्यस्तै साहित्य क्षेत्रमा “श्रीलोचन” नामले परिचित चन्दले आफ्नो लेखन यात्रामा तेह्र ओटा साहित्यिक कृतिहरू लेखेर नेपाली साहित्यलाई समृद्ध बनाएका छन् । उनको ‘विसर्जन’ कथा संग्रहलाई २०५४ सालमा मदन पुरस्कारबाट सम्मानित गरिएको थियो। नेपाली भाषा, साहित्य र समाजको उत्थानमा उनको निरन्तर योगदानलाई कदर गर्दै यसपटक डा. कृष्णजङ्ग राणा प्रज्ञा पुरस्कार प्रदान गरिएको जनाइएको छ ।
