
Pbu
mbd
Rbs
Sds
Gisld
Mbdvs

Asm
Ggd
Hal
Bbu
Tsm
Bbbpu
Sbs
Wsp
Gst
Rsb
Pvg
nsb
Ksm
Sls
Ssm
Rgu
Vor
Rgu
Rgs

Pls
Mks
Abd
Ptm
Rpp
Gsb
Rmb
sab
Jmb
Syp
Bml
Jmb
bbt
दाङ । देउखुरीको लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १६ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दण्डिराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि शर्माले खानेपानी र स्वास्थ्यको क्षेत्रमा बजेटको कमी नहुने बताउनु भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका शर्माले कोभिड -१९ ले गर्दा बजेट व्यवस्थापनमा केही असहजता आएपनि खानेपानी र स्वास्थ्य क्षेत्रमा सरकारले प्राथमिकता राखेकाले बजेटको अभाव हुन नदिइने बताउनु भयो । यसैगरी उहाँले खानेपानीको बैकल्पिक स्रोतको व्यवस्थापन गर्न आग्रह गर्नु भएको छ ।
भविस्यमा खानेपानीको समस्या पर्न सक्ने भएकाले अहिलेबाटै बैकल्पिक स्रोतको पहिचान र व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नु भयो ।‘भविस्यमा के कस्तो समस्या आईपर्छ, हामीले आँकलन गर्न सक्छौं । त्यही भएर बैकिल्पक स्रोतको पहिचान गर्न जरुरी छ’उहाँले भन्नुभयो,पानीको मुहान संरक्षणनै आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको हो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य भानु जोशी, नेपाली कांग्रेस पार्टीका प्रतिनिधि कुमार घिमिरे,राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष ताराप्रसाद खनाल, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका पूर्व अध्यक्ष तथा लमही नगरपालिका वडा नंं ५ का अध्यक्ष विमबहादुर केसी,तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज ओली,लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष कर्णबहादुर बुढाथोकी,नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्रवण रजौरे,उपभोक्ता सूर्यराज गौतम, पत्रकार राधेश्याम गुप्ता लगायतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै सो सभामा सञ्चार माध्यमबाट सहयोग गरेको भन्दै पत्रकार प्रियास्मृती गजमेर सहित समयमै खानेपानीको महशुल बुझाउने २० जना उपभोक्तालाई सम्मान गरिएको छ । खानेपानी संस्थाका सचिव सनमकुमार पौडेलले बार्षिक प्रगती र कोषाध्यक्ष जंगबहादुर चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सनमकुमार पौडेलले गर्नु भएको थियो ।




