
Fmb
Rks
jsb
Gsb
Ssb
Ksb
Rsb
Csb
Nsb
Ksb
Ppu
Ssb
Usb
Ksb
Bsn
Tgp

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
Nps
ptl
काठमाडौँ । नेपाल सरकारले भोलि (सोमबार) मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोमबार मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो ।
गृहमन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको सन्दर्भमा मुस्लिम आयोगबाट मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्ने भएको भनी जानकारी प्राप्त भएको हुँदा मिति २०८१।५।३१ गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
