
Gsbg-3
Jsbg-7
Rksr-7
Usbl-7
Pbu
Gsbr-6
Msbg-2
ksbl-7
jsbr-3
Csbg-7


काठमाडौं । खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूली नदीमा खसेको छ । ना ६ ख ६२८३ नम्बरको ट्रक आज बिहान खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर –२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो ।
त्यस्तै अहिले ट्रकका चालक र सह-चालकको खोजी कार्य भइरहेको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।
