नुवाकोट । अपाङ्ग मानबअधिकार मञ्च,नुवाकाेटकाे नवाैं वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष ओमबहादुर घिमिरेकाे सभाध्यक्षता र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद नुवाकाेट (नेफिन नुवाकाेट) का अध्यक्ष तथा नेफिन बागमती प्रदेश समितिका सचिवालय सदस्य साथै गैरसरकारी संस्था नेपाल जिल्ला शाखा नुवाकाेटका पूर्ब सह-सचिब एवं निमित सचिब तथा कार्यक्रम संयाेजक साथै लक्षित बर्ग तथा सराेकार जिल्ला संजालका पूर्ब संयाेजक भगवान राना मगरकाे प्रमुख आतितथ्यमा कार्यक्रम सम्पन्न भएकाे हो ।
साधारणसभा कार्यक्रममा गाउँपालिका र नगरपालिकाकाे बिधान अनुसारकाे प्रतिनिधित्व रहेकाे थियाे । कार्यक्रमकाे संचालन तथा कार्य प्रगति प्रतिबेदन मञ्चका कार्यक्रम संयाेजक रमेश सापकाेटा तथा स्वागत मनतब्य मञ्चका सदस्य शान्ति भट्टराईले गरेका थिए ।
स्थानीय क्षेत्रकाे कार्यक्रम गर्दाकाे समस्या, चुनाैती, सल्लाह, सुझाब, सहयाेगकाे अनुभबी जानकारी मञ्चका फिल्ड संयाेजक केशब पुडासैनी, भाबी बार्षिक २०८१/०८२ काे कार्ययाेजनाकाे अनुमानित करिब ६५ लाखकाे लागत खर्चकाे उदेश्य/ लक्ष्य र कार्यक्षेत्र विषयमा मञ्चका सचिब लाेचन भट्टराईले जानकारी गराएका थिए । नवाैं साधारणसभामा उठेका गुनाशा, सुझाब र जिज्ञासाकाे विषयमा मञ्चका अध्यक्ष ओमबहादुर घिमिरे र काेषाध्यक्ष प्रदिप वस्तीले उपयुक्त जबाफ दिई समन्वय, सहयाेग र सहजताकाे लागि पर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै जुन नवाैं बार्षिक साधारण सभामा प्रमुख अतिथि भगबान राना मगरले दलित,महिला, बालबालिका,अपाङ्ग, आदिवासी जनजाति, सुकुम्बासी,अल्पसंख्यक अन्य सराेकारवालाकाे संघ-संस्था,महासंघसँग समन्वय साथ संयुक्त एकता गरि लक्षित बर्ग तथा सराेकारकाे जिल्ला/स्थानीय संजाल बनाई संजालिकरण,जनवकालत प्रशिक्षण तथा अन्तरक्रिया गर्नु पर्ने तत्कालीन अबस्था रहेकाे भनाई राखेका थिए । स्थानीय निकाय र सम्बन्धित निकायमा संजाल,संजालिकरणर जनवकालत मार्फत अधिकारमा पहुँच,पहिचान,कानूनीरुपमा प्रतिनिधित्व आत्मनिर्णयको अधिकार सुनिश्चतता साथै आत्मसम्मानकाे कर्तव्य निर्भारण गर्नु आजकाे आबस्यकता भएकाे बताए ।
प्रमुख अतिथिले जिल्लास्तरीय संजाल मार्फत गाउँपालिका र नगरपालिका स्तरीय संजालबाट प्रतिनिधित्व खटाई नेपाल सरकार र सम्बन्धित निकायमा सम्बन्धित लक्षित बर्ग र सराेकारवालाका महासंघ, संस्थाले कार्यक्रम संचालन गरि अधिकार, कर्तव्य निर्भारण जगाई जिबिकाेपार्जन कार्यक्रममा सहयाेग पुग्ने याेजना नै तत्कालीन अबस्थामा अति आबस्यकता भएकाे जनाए ।