दाङ । ईलाका प्रहरी कार्यालय भालुबाङले समुदाय प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम शनिबार राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न गरेको छ ।
कार्यालयका प्रमुख अमर माझीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्टले जनप्रतिनिधि र प्रहरीहरु काम गर्छु भनेर टोल बस्तीहरुमा आएका छन् भने उनिहरुलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । त्यस्तै उनले प्रहरी बिटहरुलाई निस्पक्ष रुपमा काम गर्न दिनका लागि कुनै पनि राजनीतिक दलले अनावश्यक दभाब दिन नहुने समेत बताए ।
उक्त नागरिक सुनुवाई कार्यक्रममा प्रहरी प्रमुख माझिले आफू आएको ४ महिना मै यस्ता सार्बजनिक सुनुव कार्यक्रम ७ ठाउँमा गरिसकेको बताए । सडक दुर्घटना,बेवारिसे हराईका मान्छेको उद्धार,घरायसी हिंसा,लागुपदार्थ निर्मुल गर्ने कामहरु गर्दै आएको बताए । यस्तै उनले आगामी दिनमा सम्पूर्ण सरोकारवाला निकायसंग साथ,सहयोग र सुझावहरु दिन आग्रह गरेका छन् ।
ईलाका प्रहरी कार्यालय भालुबाङ्को आयोजनामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि,नेपाल प्रहरी, समुदाय,संघ संस्था र विद्यालयहरुका निम्ति राखिएको थियो । कार्यक्रममा सबै सरोकार वलाहरुले आ-आफना सल्लाह सुझाव राखेर ध्यानाकर्षण गराएको थिए ।
यस्तै सो नागरिक सुनुवाई कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधि,बुद्धिजिबि,समाज सेवी,राजनीतिक दल, प्रहरी, पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।